Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • कोभ्याक्सको ३ लाख ४८ हजार डोज कोरोना खोप आज आउने


    आइतबार, फाल्गुन २३ २०७७
    950
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले कोरोना बिरुद्धको खोप ल्याउने क्रमलाई तिव्रता दिएको छ । आजमात्रै ३ लाख ४८ हजार डोज कोरोना खोप आज काठमाडौं आइपुग्ने भएको छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड भ्याक्सिनको उक्त परिमाणको खोप नेपाल ल्याउन लागिएको हो ।

    यो खोप नेपालले अनुदानमा पाएको हो । अक्सफोर्ड विश्वविद्यालय र अष्ट्राजेनेकाले विकास गरेको उक्त खोप यसअघि नै नेपालमा प्रयोग भइरहेको छ ।

    विश्व स्वास्थ्य संगठनले गरिब तथा अति कम विकसित राष्ट्रहरूलाई समेत खोपको सामान वितरण होस् भनेर गाभी संस्थासँग मिलेर कोभ्याक्स कार्यक्रम गठन गरेको थियो ।

    उक्त कार्यक्रम अन्तर्गत त्यस्ता राष्ट्रहरूले कम्तिमा २० प्रतिशत खोप पाउने भनिएको छ । यद्यपि सुरूमा ३ प्रतिशत खोप उपलब्ध गराउने र बाँकी खोप चरण चरणमा दिने बताइएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार