Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्रीले आज बिहान १० बजे कोरोनाविरुद्धको खोप लगाउँदै


    आइतबार, फाल्गुन २३ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आज बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्धको खोप लगाउने भएका छन् ।ओलीले महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर खोप लगाउन लागेका हुन् ।

    हिजो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ललितपुरमा आयोजना गरेको कोभिड–१९ खोप अभियानसम्बन्धी अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले प्रधानमन्त्री ओलीले कोभिड–१९ विरुद्धको खोप लगाउनबारे जानकारी दिएका थिए ।

    प्रधानमन्त्रीले खोप लगाएसँगै कोरोनाविरुद्धको खोप लगाउने अभियानको दोस्रो चरण सुरु हुनेछ । सरकारले आजबाट ६५ वर्षमाथिका १६ लाख बढी ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने कार्यक्रम सुरु गर्दैछ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार