Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • तीन वटा अध्यादेश राष्ट्रपतिबाट रोकिएपछि रिस उठ्यो, म्याग्दीतिर दगुरेँ : महावीर पुन


    बुधबार, माघ ७ २०८२
    650
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नागरिक सरकारका मन्त्रीहरु एकपछि अर्को राजीनामा दिएर निर्वाचनमा उम्मेदवार भएपछि सामाजिक संजालमा चर्को आलोचना भइरहेको छ । यसैक्रममा चुनाव नलड्ने अभिब्यक्ति दिंदैआएका शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्री महावीर पुनले पनि प्रतिनिधिसभामा उम्मेदवारी दिएपछि सामाजिक संजालमा उनको चर्को आलोचना भइरहेको छ ।

    मन्त्रीबाट राजीनामा दिएर म्याग्दीमा प्रतिनिधिसभाको लागि स्वतन्त्र उम्मेदवारी दिएका पुनले आफू चुनावी राजनीतिमा होमिनुका पछाडिको कारण सार्वजनिक गर्दै शिक्षा क्षेत्रमा आमूल सुधारका प्रयासहरू असफल भएपछि यो कदम चालेको बताएका छन् ।

    पुनका अनुसार शिक्षा क्षेत्रमा गुणात्मक परिवर्तन ल्याउने उद्देश्यले आफूले तीन वटा अध्यादेश र चार वटा नियमावली अघि सारे पनि आवश्यक राजनीतिक तथा प्रशासनिक सहयोग नपाउँदा निराश भएको उल्लेख गरेका छन् ।

    ती अध्यादेश राष्ट्रपति र संसद्को विधान समितिबाट स्वीकृत भएको भए आफू यो निर्वाचनमा नलड्ने मनसायमै नरहेको उनको भनाइ छ ।
    ‘शिक्षा क्षेत्रमा सुधार गरेरै देशलाई समृद्ध बनाउने सोच थियो । तर तीन वटा अध्यादेश ल्याउन सहयोग भएन,’ पुनले बुधबार सामाजिक सञ्जालमार्फत लेखेका छन् ।

    उनले विज्ञान, प्रविधि र नवप्रवर्तनका लागि छुट्टै बलियो मन्त्रालय बनाउने प्रस्तावसमेत अघि सारेको उल्लेख गर्दै सो प्रस्ताव मुख्यसचिव तहबाटै रोकिएको उनको आरोप छ ।

    ‘छुट्टै विज्ञान, प्रविधि र नवप्रवर्तन मन्त्रालय बनाउने कुरा मुख्य सचिवले अल्झ्याए । त्यसपछि रिस उठ्यो र म्याग्दीतिर दगुरेँ,’ पुनले भनेका छन् ।

    यसैकारण शिक्षामन्त्री पदबाट राजीनामा दिएर म्याग्दी पुगेको र प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएको पुनको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार