Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मेलम्चीको पानी आज सुन्दरीजल प्रशोधन केन्द्रमा आइपुग्ने, अवलोकनको लागि प्रधानमन्त्री जाँदै


    शनिबार, फाल्गुन २२ २०७७
    1.9K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सबैको लागि चासो र आशाको विषय बनेको बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी आज सुन्दरीजल प्रशोधन केन्द्रमा आइपुग्ने भएको छ ।

    गत फागुन १० गते परीक्षणका लागि सुरुङमा हालिएको पानी आज सुनदरीजल आइपुग्ने भएको आयोजनाले जनाएको छ ।आयोजनाले सुन्दरीजलमा दुईवटा पानी प्रशोधन केन्द्र बनाएको छ । सुरुङबाट सामान्य अवस्थामै पानी आइपुगे यी दुई प्रशोधन केन्द्रमा पानी खसालेर वितरण प्रणालीमा जोडिने छ ।

    यद्यपी अहिले नै भने वितरण प्रणालीमा जोडिने छैन । अझै पनि पाईप विच्छ्याउने काम सकिएको छैन ।

    सुरुङबाट आएको पानी सुरुमा बागमतीमा फालिने छ । सुरुङभित्रको फोहोरसहित पानी आउने भएकोले सुरुको पानी बागमतीमा फाल्न लागिएको हो ।

    पानी सुन्दरीजल आउने भएपछि प्रधानमन्त्री केपी शर्मा ओली अवलोकन तथा अनुगमनका लागि त्यहाँ पुग्ने कार्यक्रमसमेत रहेको छ । आज अपराह्न ४ बजे प्रधानमन्त्री सुन्दरीजल जाने कार्यक्रम तय भएको छ ।

    यो आयोजनाबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा आउने छ । उपत्यकामा हाल दैनिक ४३ करोड लिटर पानीको माग छ ।

    तर काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) बाट दैनिक ८ करोड लिटर पानीमात्रै वितरण हुँदै आएको छ

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार