जीवन्तु मे शत्रुगणाः सदैव येषां प्रसादात् सुविचक्षणोऽहम् । यदा यदा मे विकृतिं लभन्ते तदा तदा मां प्रतिबोधयन्ति ।
भावार्थः मेरा बिरोधीहरु सदा जीवीत रहून् । जसले गर्दा म सचेत छु । जब जब उनीहरुले मेरा कमजोरी देख्छन्, तब तब मलाई जगाउँछन् ।
माथिको संस्कृत श्लोक डा. बाबुराम भट्टराईले एपी वान टेलिभिजनको तमसोमा ज्योतिर्गमय कार्यक्रमका संचालक टीकाराम यात्रीलाई दिएको अन्तर्वार्तामा भनेका हुन् । सोमबार प्रशारित उक्त अन्तर्वार्तामा उनलाई बाबुरामभित्र दुई वटा बाबुराम रहेको उल्लेख गर्दै एउटा विद्वान, विकास समृद्धिका योजना भएका र दोस्रो भने रुखो, कुन्ठित र कहिल्यै हाँस्न नसक्ने, क्रुर हिंसाका पक्षपाती, शक्ति र सत्ताका लागि सजिलै विदेशीको गोटी बन्न सक्ने, सत्तामा हुँदा ससुराली खलकको मात्र काम गर्ने भन्छन् । विवेकशील साझा पार्टीका प्रवक्ता सूर्यराज आचार्यले यात्रीमार्फत् सोधेको यो प्रश्नमा दोस्रो बाबुरामले पहिलोलाई किचेको हो भन्ने प्रश्न गरिएको थियो । त्यसमा डा. भट्टराईले माथिको संस्कृत श्लोकका पंक्ति भन्दै जवाफ दिएका छन् । संस्कृत विद्यामाथि घोर प्रहार गरेर नेपाली भाषा र संस्कृतिको घाँटी रेटने काम गरेका तिनै बाबुराम भट्टराईले टेलिभिजन अन्तर्वार्तामा भने संस्कृत श्लोक बाचन गर्दै आफ्ना आलोचकहरुप्रति आफू सधैं सकारात्मक रहेको बताएका छन् । जुन संस्कृतको पंक्ति आफूले पटक पटक सम्झिने गरेको बताएका उनले १० बर्षे जनयुद्धका क्रममा त्यही ज्ञानको भण्डार संस्कृत शिक्षा नष्ट गर्ने कार्यको अगुवाई गरेका थिए ।
डा. भट्टराईले १० बर्षे जनयुद्धमा नेपाली साहित्य र ज्ञानको भण्डार मानिने संस्कृत शिक्षालय जलाउने र नष्ट गर्नमा आफ्नो विद्धता सम्झिएका थिए । संस्कृत विश्वविद्यालय र त्यस अन्तर्गतका संस्कृत अध्ययन अध्यापन गराउने क्याम्पसहरुमा आगो लगाउने र ध्वस्त पार्ने काम डा. बाबुराम भट्टराईहरुको अग्रसरतामा भएकै हुन् । पूर्वीय सभ्यता, दर्शन, धर्म र विज्ञानको जननी (आमा) मानिने संस्कृत शिक्षा विनाश गर्नमै उनले आफ्नो विद्याबारिधीको दुरुपयोग गरेकै हुन् ।
२०५२ सालमा तत्कालीन माओवादी जनयुद्धका कारण संस्कृत शिक्षामाथि निरन्तर आक्रमण भयो । र, जनयुद्धको अन्तिमसम्म आइपुग्दा संस्कृत शिक्षा अध्ययन गराउने कलेज माओवादी त्रासका कारण बन्द भए । संस्कृत भाषा नेपाली भाषाको जननी हो भन्ने कुरा डा. बाबुराम भट्टराईलाई थाहा भए पनि उनले त्यसको विनाशमा समय खर्चिएका थिए ।
द्धन्द्धकालमा हिन्दू धर्म(अन्य कुनै धर्मलाई छोएको छैन) का पुस्तक र मठमन्दिर जलाउने, किरियापुत्री र वेदपाठी तथा श्रीमद्भागवतको माध्यमद्धारा धर्मलाई बल पुर्याउने पंडित नारायण पोखरेल जस्तालाई काट्ने, भजन कीर्तन पूजा आजा जस्ता आत्मिक उन्नतिको काम गर्न नदिने र हिंसा र दमनको माध्यमद्धारा हिन्दूहरुमा भय, त्रास र आतंक फैलाए । राज्यलाई धर्म निरपेक्ष गराएर क्रिश्चियनिटीलाई व्यापक बल र आधार तयार गरे । बसुधैव कुटुम्बकम्को मान्यतालाई आत्मसात गरेको नेपाली समाजलाई जाति जातिमा विभाजन गर्ने मुख्य काम बाबुरामले नै गरेका हुन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend