काठमाडौं । नेपाल पर्यटन बोर्डले चन्द्र रिजाललाई उपाध्यक्षमा नियुक्त गरेको छ । बोर्ड सदस्य रिजाललाई मंगलबार उपाध्यक्षमा नियुक्त गरिएको हो । बोर्ड सञ्चालक समितिको बैठकले रिजाललाई उपाध्यक्षमा नियुक्त गरेको हो ।
एसोसिएसन अफ नेपाल ट्रेकिङ एजेन्ट्स(टान) का पूर्व अध्यक्ष रिजाल गएको माघ २३ मा निजी क्षेत्रको तर्फबाट बोर्ड सदस्य नियुक्त भएका थिए । पर्यटन बोर्डमा उपाध्यक्षको ब्यवस्था भए पनि यसअघि कसैलाई पनि नियुक्ति गरिएको थिएन ।
१० बर्षपछि बोर्डमा उपाध्यक्षमा रिजाल नियुक्त भएका छन् ।