काठमाडौं । वन तथा वातावरण मन्त्री प्रेम आले मगरले आफूलाई १ अर्ब रुपैयाँको घुसको प्रस्ताव आएको बताएका छन् । मंगलबार सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आठौँ राष्ट्रिय परिषद्को उदघाटन कार्यक्रममा आलेले एक अर्ब रुपैयाँको प्रस्ताव आएको खुलासा गरेका हुन् ।
आलेले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई खारेज नगर्न उक्त आर्थिक प्रलोभन देखाइएको बताएका हुन् ।
सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१ खारेज गरेको एक महिनापछि विभागीय मन्त्रीले कार्यविधि खारेज नगर्न आर्थिक प्रलोभन देखाइएको बताएका हुन् । गएको माघ ११ मा बसेको मन्त्रिपरिषद् बैठकले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई खारेज गरेको थियो ।