काठमाडौं । अदालतभित्र हुने गरेका अनियमितता र बेथितिमा न्यायाधीशमात्र दोषी हुँदैनन् । कर्मचारीका कारणले गर्दा पनि अदालत बदनाम हुने गरेको छ । ललितपुर जिल्ला अदालत लगनखेलबाट उच्च अदालत पाटनमा एउटा फाइल ६ महिना बित्दा पनि पुग्नसकेको छैन ।
ललितपुर जिल्ला अदालत लगनखेलबाट उच्च अदालत पाटनमा पैदल जाँदा पनि १५ मिनेटमा पुग्न सकिन्छ । तर ६ महिना बित्दा पनि १५ मिनेटको दूरीमा रहेको उच्च अदालतमा फाइल पुग्न सकेको छैन । जिल्ला अदालत ललितपुरका कर्मचारीले १५ मिनेटमा रहेको उच्च अदालतमा फाइल नपुर्याइदिंदा ललितपुर महानगरपालिकाको १६ करोड रुपैयाँ राजस्व गुम्ने भएको छ ।
ललितपुर महानगरपालिकाबाट गत आर्थिक बर्षमा १० करोड रुपैयाँमा कवाडी करको ठेक्का रोशन चौधरीको इन्द्रेणी हार्डवेयर एन्ड सेनेटेरी वेयर प्रालिले लिएको थियो । तर ठेकेदार चौधरीले कवाडी करको ठेक्का सम्झौता अनुसारको ६ करोड रुपैयाँ बुझाएकै छैनन् ।
ठेक्का सम्झौता अनुसारको ६ करोड नबुझाएपछि ललितपुर महानगरपालिकाले इन्द्रेणी सेनेटेरी वेयरको बैंक ग्यारेन्टी जफत गर्ने प्रक्रिया अगाडि बढायो । तर ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकराज जोशीले बैंक ग्यारेन्टी जफत गर्नबाट रोक्न आदेश दिए । जसका कारण महानगरपालिकाले ६ करोड कवाडी कर असुली गर्न सकेको छैन । न्यायाधीश जोशीले बैंक ग्यारेन्टी जफत गर्नबाट त रोके नै, चालु आर्थिक बर्षमा कवाडीको टेण्डर गर्नबाट समेत रोक्ने आदेश दिए ।
न्यायाधीश जोशीले दिएको आदेशका कारण ललितपुर महानगरपालिकाले चालु आर्थिक बर्षमा कवाडी करको टेण्डर समेत गर्न पाएको छैन । जसबाट महानगरपालिकालाई अर्को १० करोड नोक्सानी हुन पुगेको छ । अदालतको आदेशले महानगरपालिकाको कवाडी कर असुली हुन नसकेको र टेण्डरसमेत गर्नबाट रोकेपछि मेयर चिरीबाबु महर्जन जिल्ला अदालत ललितपुरको इजलासमै गएर गुनासो गर्न बाध्य भए ।
कवाडी कर नतिर्नेको बैंक ग्यारेन्टी जफत हुन नसकेको, टेण्डर गर्नसमेत रोकेर सरकारको १६ करोड गुमेको कुरा राखेपछि जिल्ला अदालतले मेयर महर्जनलाई उच्च अदालतमा जाने सल्लाह दिएर पठायो । ललितपुर महानगरपालिकाले जिल्ला अदालतको फैसलाबिरुद्ध उच्च अदालत पाटनमा २०८२ असारमा निवेदन दिई असार १८ गते कैफियत प्रतिवेदन पनि पेश भयो । तर सो मुद्दा हालसम्म पनि सुनुवाइ हुन सकेको छैन ।
जिल्ला अदालत ललितपुरबाट मुद्दाको मिसिल पुल्चोकस्थित उच्च अदालतमा पुग्न नसकेकै कारण ६ महिनासम्म पनि उक्त मुद्दाको सुनुवाइ हुन सकेको छैन । २०८२ पुस ३ गते उच्च अदालतका न्यायाधीश टंकप्रसाद गुरुङको इजलासमा यो मुद्दा पेश हुँदा मिसिल आउन ६ महिना लागेको गुनासो ललितपुर महानगरपालिकाका कानुन ब्यवसायीले गरेता पनि कर्मचारीका अगाडि आफू लाचार भएको ब्यथा सुनाउँदै सुनुवाइ सारिएको छ ।
जिल्ला अदालत ललितपुरका श्रेस्तेदार शैलेन्द्र खड्कासँग लगनखेलबाट उच्च अदालत पाटनले मागेको मिसिल ६ महिनासम्म नपुगेकोबारेमा खड्काको प्रतिक्रिया यस्तो छ–‘उच्च अदालतमा आज पेशी हो र ? मिसिल आजै पठाइदिन्छु ।’
५ मिनेटमा पुर्याउन सकिने मिसिल ६ महिनासम्म किन पठाउनुभएन ? ठेकेदारको प्रभावमा पर्नुभएको आरोप छ नि भन्ने जिज्ञासामा उनले भने–खै प्रभावमा परेको त होइन, आजै पठाउँछु ।’
रोशन चौधरीले आर आर एण्ड भालेश्वर ट्रेड कन्सर्नको नाममा धादिङको धुनिबेसी नगरपालिकाको कवाडीको ठेक्का लिएर ललितपुर महानगरपालिकामा गुण्डा राखी कार्यालय नै संचालन गरी निकासी कर उठाउँदैआएका छन् ।
ललितपुर महानगरपालिकाको अनुरोधमा जिल्ला प्रहरी परिसर ललितपुरले रोशन चौधरीका भालेश्वर ट्रेड कन्सर्नदेखि इन्द्रेणी हार्डवेयर एन्ड सेनेटेरी वेयर प्रालि लगायतका कम्पनीबाट हुँदैआएको गैरकानुनी रुपमा निकासी कर असुली बन्द गर्न खोजेको थियो । तर ललितपुर जिल्ला अदालतका उनै न्यायाधीश टेकराज जोशीले गैरकानुनी रुपमा कर असुली गर्नबाट रोशन चौधरीका कम्पनीलाई नरोक्न अर्को अन्तरिम आदेश दिएका छन् । जसका कारण महानगरपालिकाको बार्षिक १० करोड कवाडी कर असुली नहुने भएको छ ।
गत आर्थिक बर्षको ६ करोड रुपैयाँसमेत रोशन चौधरीले अदालतको आदेशकै आधारमा तिरेका छैनन् । रोशन चौधरीले जोशीले दिएको अन्तरिम आदेशको आधारमा धादिङको धुनिबेसी नगरपालिकाको ठेक्का लिएर ललितपुर महानगरपालिकामा कार्यालय नै राखी गैरकानुनी रुपमा कर असुली गर्न पाएका छन् ।
त्यसैगरी, रोशन चौधरीले धुुनिबेसीको कवाडी करको ठेक्का लिएर काठमाडौं र ललितपुरका स्थानीय तहहरुमा कवाडीको ठेक्का हुन नदिई दैनिक ३० लाख रुपैयाँ निकासी कर गैरकानुनी रुपमा असुली गर्दैआएका छन् । चौधरीले अदालतलाई धम्क्याउनका लागि राजकुमार तिमल्सिनासमेतलाई प्रयोग गरिरहेको स्रोतले बताएको छ ।
एउटा गाडीबराबर ४० हजारसम्म उनले निकासी कर असुली गरेको प्रमाण सार्वजनिक हुँदा पनि राज्यका निकायले समेत यस्तो गैरकानुनी कार्यलाई प्रोत्साहन गरिरहेका छन् । अदालतको आदेशले राज्यको दसौं करोड राजस्वसमेत गुम्न पुगेको छ । अदालतले कर असुलीमा सहयोग गरी राज्यलाई दर्बिलो बनाउनुपर्नेमा गैरकानुनी कर असुली गर्ने रोशन चौधरीजस्तालाई प्रोत्साहित गरिरहेकोे आरोप छ ।
रोशन चौधरीले धुनिबेसीको ठेक्का लिएर काठमाडौंबाट जाने सबै कवाडीका गाडीसँग गैरकानुनी रुपमा निकासी कर असुलिरहेकोबारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । तर अख्तियारले मागेको जवाफसमेत धुनिबेसी नगरपालिकाले नदिई आलटाल गरिरहेको आयोग स्रोतले बताएको छ ।
काठामाडौं । सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरी हटाइएकाहरुलाई वालेन्द्र शाह सरकारले धमाधम नियुक्ति दिइरहेको छ । वालेन्द्र शाह प्रधानमन्त्री भएपछि...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाचापत्रमा नातावाद र कृपावादको समूल अन्त्य गर्दै कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा मेरिटोक्रेसी लागू गर्ने उल्लेख छ ।...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend