काठमाडौं । जेनजी आन्दोलनको मुख्य एजेन्डा सुशासन नै थियो । तर जेनजी बिद्रोहपछि गठन भएको नागरिक सरकारको कार्यकालमा पनि टेण्डरमा सेटिङ हुने क्रम रोकिएको छैन ।
बुटवलको तिनाउ नदीमा निर्माण हुन लागेको सिग्नेचर पुलको ठेक्का प्रक्रियामा भएको सेटिङलाई नै उदाहरणका रुपमा लिन सकिन्छ । सडक बिभागका महानिर्देशक डा. बिजय जैशीकै योजनामा तिनाउ नदीको पुलको ठेक्कामा सेटिङ हुन लागेको स्रोत बताउँछ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुटवल–गोरुसिङ्गे–चन्द्रौटा खण्डमा पर्ने तिनाउ नदीमा निर्माण हुन लागेको सिग्नेचर पुलको ठेक्का आह्वान भइसकेको छ ।
यो पनि पढ्नुहोस् :
ठेक्कामा निश्चित कम्पनीलाई दिनेगरी स्पेसिफिकेसन बनाएको आरोप बिभागका महानिर्देशक जैशीमाथि लागेको छ । प्रारम्भिक अनुमानित २ अर्ब ५० करोड रुपैयाँ लागतमा नेपालकै चार लेनको नमूना पुल विश्व बैंक दक्षिण एसिया सहरी विकास एकाइको सहयोगमा बन्न लागेको हो । उक्त पुलको ठेक्का सडक बिभागका महानिर्देशक जैशीले रसुवा कन्ष्ट्रक्सन कम्पनीलाई नै दिनेगरी सेटिङ मिलाइसकेको उच्च स्रोतको दाबी छ ।

रसुवा कन्ष्ट्रक्सन कम्पनीलाई नै ठेक्का दिनेगरी महानिर्देशक जैशीले योजना बनाएका छन् । प्रतिस्पर्धालाई सीमित गरी पूर्ण लागत अनुमानमै ठेक्का दिनेगरी गरिएको तयारीमा एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री बिष्णुप्रसाद पौडेल पनि जोडिएका छन् ।
ठेक्काको कमिसनको ठूलो हिस्सा समेत प्राप्त गर्नेगरी पौडेल जोडिएकोमात्र होइन, तिनाउ खोलामा नेपालकै नमुना पुल निर्माणका पूर्वअर्थमन्त्री उनै पौडेलले पहल समेत गर्दैआएका थिए । आफू अर्थमन्त्री हुँदा पौडेलले बजेटको स्रोत सुनिश्चित गरी विश्वबैंकको ऋण सहयोगमा उक्त पुल निर्माणको प्रक्रिया अघि बढेको बताएका थिए ।
पौडेलसँगको सेटिङमा महानिर्देशक भएका जैशीले आर्थिक सहितको उक्त गुन तिर्नका निम्ति पनि अहिले निर्माणाधीन पुलको डिजाइन तथा निर्माणका निम्ति योजनाबद्ध रुपमा रसुवा कन्ष्ट्रक्सन कम्पनीलाई अगाडि सार्न खोजेको बताइन्छ ।
यस बिषयमा भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङ जानकार छन् वा उक्त सेटिङको हिस्सा उनीसम्म त पुगेको छै भन्ने आशंका भौतिक पूर्वाधार मन्त्रालयमा गर्न थालिएको छ ? २ अर्ब ५० करोड रुपैयाँ प्रारम्भिक अनुमानित लागत निकालिएको उक्त पुल ३ बर्षभित्र निर्माण पूरा हुने भनिएको छ ।
सिग्नेचर पुलको भारतको अन्तर्राष्ट्रिय कम्पनी टोटल सिनर्जी कन्सल्टिङले आर्किटेक्ट डिजाइन तयार पारेको हो । पुलको स्ट्रक्चर डिजाइन भने स्वीस सरकारको स्वीस डेभलपमेन्ट कोअपरेशनले गरेको हो ।
पुलका त्रुटिपूर्ण डिजाइन स्वीकृत गर्ने जैशीलाई सचिवको साथ
२ सय वटा भन्दा बढी पुलका त्रुटिपूर्ण डिजाइन तयार गरी स्वीकृत गर्ने डा. बिजय जैशीलाई जेनजी आन्दोलनपश्चात् निर्मित नागरिक सरकारले कारबाही गर्नुपर्नेमा ससम्मान सडक बिभागको महानिर्देशकमा निरन्तरता दिंदैआएको छ । हुलाकी राजमार्ग अन्तर्गत सिरहाको बसपीट्टा घाटमा निर्माणाधीन कमला नदीको पुल डा. जैशीले स्वीकृत गरेको त्रुटिपूर्ण डिजाइनकै कारण भासिइसकेको छ । उक्त पुलको १२ वटामध्ये एउटा स्पान धसिएकाले पुल भासिएको हो ।
१४ बर्षअघि लुम्बिनी बिल्डर्स र पप्पु कन्ष्ट्रक्सनसँग ठेक्का सम्झौता भएको र ८ पटक म्यादथप भइसकेको कमला नदीको पुल त्रुटिपूर्ण डिजाइनका कारण भासिँंदा अझै पनि कहिले निर्माण सम्पन्न हुने हो, अनिश्चित छ । तर १४ बर्षसम्म म्यादथप गर्ने र त्रुटिपूर्ण डिजाइन गर्ने डा. जैशीसहितका सडकका कर्मचारीलाई कारबाही गर्नुपर्नेमा मन्त्री घिसिङले उदासिनता देखाउँदै आएका छन् ।
पुल महाशाखामा डीई हुँदा जैशीले नै डिजाइन गरी स्वीकृत गरेका नुवाकोटको तादीखोला र उदयपुरको त्रियुगा नदीको पुल पनि त्रुटिपूर्ण डिजाइनका कारण संचालन हुन सकेका छैनन् । कपीपेष्ट गरिएको त्रुटिपूर्ण डिजाइनका आधारमा निर्माण गरिएको तादीमा खोला एकातिर छ भने पुल अर्कैतिर निर्माण भएको छ ।
निर्माण ब्यवसायीको लापरबाहीले भन्दा पनि डा. जैशी आफंंै संलग्न भएर गरिएका डिजाइनमै त्रुटि देखिएकाले समयमा सम्पन्न हुन नसकी रुग्ण भएको तथ्य महालेखा परीक्षकको प्रतिवेदनले पनि औंल्याएको छ । त्रुटिपूर्ण डिजाइनका कारण बीसौं करोड लागतमा निर्माण गरिएका पुल भासिँदा र जोखिमपूर्ण हुँदा पनि डा. जैशीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरी मुद्दा दायर गरेको छैन ।
५–१० हजार रुपैयाँ घुस लिने कर्मचारीलाई पक्राउ गरी भ्रष्टाचार नियन्त्रणको हल्ला गर्ने अख्तियारले कपीपेष्ट डिजाइन पेश गरी बीसौं करोड रुपैयाँ अनियमितता गर्नेहरुलाई भने उन्मुक्ति दिंदैआएको छ ।
जेनजी बिद्रोहपश्चात् निर्माण भएको नागरिक सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङसमेतले चलाउन नसकेका महानिर्देशक जैशीलाई नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री बिष्णुप्रसाद पौडेलले संरक्षण गर्दैआएका छन् । अर्कातिर तिनै जैशीले तोड्न तयार पुल तथा सडक लगायतका आयोजनाका बिषयमा छलफल गर्न मन्त्री घिसिङकोमा निर्माण ब्यवसायीलाई पठाउनुपर्नेमा बिष्णु पौडेललाई ‘मिलाएर आउनुस्’ भन्दै भौतिक पूर्वाधार मन्त्रालयको नयाँ शक्तिकेन्द्रका रुपमा पौडेललाई उभ्याएका छन् ।
काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा वैज्ञानिक कर्मचारीको तलब संरचनामा देखिएको गम्भीर असमानताले वैज्ञानिक समुदायमा असन्तुष्टि बढ्दै गएको छ । एउटै संस्थामा...
काठमाडौं । मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मापदण्ड पूरा नगरेका ४ अस्पतालको नवीकरण र स्तरोन्नति गर्ने क्रममा ठूलो आर्थिक चलखेल भएको तथ्य ढिलोगरी...
काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक (एसपी) शेरजंगबहादुर चन्द सरकारी सेवाका प्रावधानलाई नाघेर व्यापारिक कारोबारमा संलग्नमात्र छैनन्, कारोबारका सिलसिलामा मानिसहरुलाई भुक्तानी नदिने...
काठमाडौं । गैरकानुनी सम्पत्ति आर्जन गरी कानुनी राजमा खलल पुर्याउनेहरुलाई कारबाही गर्नका लागि स्थापित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक निर्मल ढकालले एक विवादित नायबसुब्बाको...
वीरगञ्ज । लायन्स मल्टिपल डिस्ट्रिक्ट ३२५ का पूर्व मल्टिपल काउन्सिल चेयरपर्सन तथा लायन डा. रमेशकुमार अग्रवालको लायन्स क्लब मिलेनियम एमजेएफबाट सदस्यता समाप्त गरिएको घटनाले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend