काठमाडौं । प्रहरी प्रधान कार्यालयले आज नेपाल प्रहरीका १८ डीएसपी र ११ एसपीको सरुवा गरेको छ ।
आज भएको सरुवामा सात जिल्लाका प्रहरी इन्चार्ज फेरिएका छन् । सरुवा अनुसार बर्दियामा ईश्वर कार्की, गुल्मीमा गोपालचन्द्र भट्टराई, बाग्लुङमा कृष्णबहादुर पल्लीमगर, महोत्तरीमा दिनेश आचार्य र गोरखामा शेखर खनाललाई पठाइएको छ ।
बाग्लुङका लोकेन्द्र श्रेष्ठ र गोरखाका शुरेन्द्र गुरुङलाई कारबाहीस्वरुप हटाएर नयाँ एसपी पठाइएको छ ।डिएसपीहरुको सरुवामा दुई जिल्लाका इन्चार्ज फेरिएका छन् । सरुवा अनुसार जुम्लामा दानबहादुर थापा तथा हुम्लामा हेरम्ब शर्मालाई पठाइएको छ ।



