Nepal Face
  • आइतबार, १० साउन २०८३
  • किन भयो प्रधानन्यायाधीश र प्रधानसेनापतिबीच आकस्मिक भेट ?


    सोमबार, फाल्गुन १० २०७७
    2.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राजनीतिक अवस्था तरल भएको अवस्थामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच सर्वोच्च अदालतमा भेटवार्ता भएको छ । सोमबार दिउँसो सर्वोच्च अदालतमा जबरा र थापाबीच जग्गाको बिषयमा भेटघाट भएको बताइएको छ । यद्यपि वर्तमान राजनीतिक अवस्थामा भेट हुनुलाई कतिपयले प्रतिनिधिसभा पुनस्र्थापनाको मुद्दासँग पनि जोड्ने गरेका छन् ।

    सर्वोच्च अदालत पछाडि सेनाको क्याभलरी रहेको जग्गा सर्वोेच्चका नाममा नामसारी गर्ने विषयमा जबरा र थापाबीच छलफल भएको स्रोतले बताएको छ ।

    प्रधानसेनापति थापा १ बजेर १० मिनेट जाँदा सर्वोच्च अदालतमा प्रवेश पुगेका थिए । प्रधानन्यायाधीश  जबराको आग्रहमा प्रधानसेनापति  थापा सर्वोच्चमा पुगेका हुन् ।

    नेपाली सेनाको क्याप्लरी रहेको सिंहदरबारस्थित खाली जग्गामा सर्वोच्चले भवन बनाउन लागेको छ । उक्त जग्गाकै बिषयमा कुरा गर्न सेनापतिलाई प्रधानन्यायाधीश राणाले बोलाएका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार