Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • प्रदीप अधिकारी पक्राउसँगै यी भीआईपी बिचौलियाहरू पनि अख्तियारको अनुसन्धानमा तानिंदै


    बिहिबार, मंसिर १८ २०८२
    2.2K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार नियन्त्रणमा लिएको छ । अख्तियारले भक्तपुरस्थित नलिन्चोकमा नयाँ हेलिपोर्ट निर्माणमा भएको अनियमिततामा छानबिन गर्न अधिकारीलाई नियन्त्रणमा लिएको जनाएको छ ।

    पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ठेक्का र परामर्शदाता खरिदमा भएको अनियमितताका बारेमा छानबिन गर्ने अनुमान सबैले गरेका थिए । तर भक्तपुरको नलिन्चोकको हेलिप्याडमा उनलाई नियन्त्रणमा लिइएको छ ।

    महानिर्देशक अधिकारी पक्राउसँगै निदान अस्पतालका संचालक तथा सूचना प्रबिधिको क्षेत्रमा विकल पौडेल र सुनिल पौडेललाई जेलमा पुरयाउने अभिषेक श्रेष्ठसमेत तानिंदैछन् ।

    प्रदीप अधिकारीको आर्थिक कारोबार अभिषेकसँग रहेका धेरै तथ्यहरु अख्तियारले फेलपारेसँगै उनी अनुसन्धानमा तानिन लागेका हुन् । अभिषेक श्रेष्ठ र सिद्धार्थ थापाले नै विकल पौडेल र सुनिल पौडेललाई बालुवाटारमा लगेर तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाका पुत्र जयवीर देउवासँग निकट बनाएका थिए ।

    अख्तियारमा समेत जोगाउने ठेक्का लिएता पनि विकल र सुनिलबिरुद्ध एकपछि अर्को भ्रष्टाचार मुद्दा दायर भयो । उनीहरु जेल संजाय काटिरहेका छन् ।  सिद्धार्थ थापा र अभिषेकले अख्तियारसँग मिलाउने भन्दै सेक्युरिटी प्रिन्टिङ प्रेसदेखि राष्ट्रिय भुक्तानी प्रणाली(नेशनल पेमेन्ट गेटवे) खरिदका क्रममा उनीहरुले भनेबमोजिमको सेटिङमा काम गर्दा विकल र सुनिल अख्तियारको फन्दामा परेका हुन् । अभिषेक पूर्व प्रधानन्यायाधीश कल्याण सुपुत्र हुन् ।

    प्रदीप अधिकारीलाई अख्तियारबाट जोगाउँदैआएको दाबी गरिरहेका अर्का बिचौलिया नवीन बस्नेत समेत अनुसन्धानको घेरामा तानिएका छन् । उनको अधिकारीसँग मेरियट लगायत पाँचतारे होटलमा लामो समयदेखि बाक्लै भेटघाट हुँदैआएको स्रोतको दाबी छ ।

    प्रदीप अधिकारीले नवीन बस्नेत जोडिएका निर्माण कम्पनीलाई अरबौंको ठेक्का दिएकोे बिषयमा समेत अख्तियारमा धेरै उजुरी परेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध र पोखरा विमानस्थलका अरबौंका ठेक्का प्रतिस्पर्धालाई सीमित गरी यी भीआईपी बिचौलियाहरुको सेटिङमा क्षमादेवी, आशिष जस्ता निर्माण कम्पनीलाई दिइएको बिषयमा अख्तियारमा उजुरी परेका थिए ।

    स्रोतका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार सुनिलबहादुर थापाका छोरा सिद्धार्थ थापा, पूर्वमन्त्री धनबहादुर बुढा, अभिषेक खनालजस्ता बिचौलियाहरु पनि अनुसन्धानको घेरामा तानिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार