काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार नियन्त्रणमा लिएको छ । अख्तियारले भक्तपुरस्थित नलिन्चोकमा नयाँ हेलिपोर्ट निर्माणमा भएको अनियमिततामा छानबिन गर्न अधिकारीलाई नियन्त्रणमा लिएको जनाएको छ ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ठेक्का र परामर्शदाता खरिदमा भएको अनियमितताका बारेमा छानबिन गर्ने अनुमान सबैले गरेका थिए । तर भक्तपुरको नलिन्चोकको हेलिप्याडमा उनलाई नियन्त्रणमा लिइएको छ ।
महानिर्देशक अधिकारी पक्राउसँगै निदान अस्पतालका संचालक तथा सूचना प्रबिधिको क्षेत्रमा विकल पौडेल र सुनिल पौडेललाई जेलमा पुरयाउने अभिषेक श्रेष्ठसमेत तानिंदैछन् ।
प्रदीप अधिकारीको आर्थिक कारोबार अभिषेकसँग रहेका धेरै तथ्यहरु अख्तियारले फेलपारेसँगै उनी अनुसन्धानमा तानिन लागेका हुन् । अभिषेक श्रेष्ठ र सिद्धार्थ थापाले नै विकल पौडेल र सुनिल पौडेललाई बालुवाटारमा लगेर तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाका पुत्र जयवीर देउवासँग निकट बनाएका थिए ।
अख्तियारमा समेत जोगाउने ठेक्का लिएता पनि विकल र सुनिलबिरुद्ध एकपछि अर्को भ्रष्टाचार मुद्दा दायर भयो । उनीहरु जेल संजाय काटिरहेका छन् । सिद्धार्थ थापा र अभिषेकले अख्तियारसँग मिलाउने भन्दै सेक्युरिटी प्रिन्टिङ प्रेसदेखि राष्ट्रिय भुक्तानी प्रणाली(नेशनल पेमेन्ट गेटवे) खरिदका क्रममा उनीहरुले भनेबमोजिमको सेटिङमा काम गर्दा विकल र सुनिल अख्तियारको फन्दामा परेका हुन् । अभिषेक पूर्व प्रधानन्यायाधीश कल्याण सुपुत्र हुन् ।
प्रदीप अधिकारीलाई अख्तियारबाट जोगाउँदैआएको दाबी गरिरहेका अर्का बिचौलिया नवीन बस्नेत समेत अनुसन्धानको घेरामा तानिएका छन् । उनको अधिकारीसँग मेरियट लगायत पाँचतारे होटलमा लामो समयदेखि बाक्लै भेटघाट हुँदैआएको स्रोतको दाबी छ ।
प्रदीप अधिकारीले नवीन बस्नेत जोडिएका निर्माण कम्पनीलाई अरबौंको ठेक्का दिएकोे बिषयमा समेत अख्तियारमा धेरै उजुरी परेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध र पोखरा विमानस्थलका अरबौंका ठेक्का प्रतिस्पर्धालाई सीमित गरी यी भीआईपी बिचौलियाहरुको सेटिङमा क्षमादेवी, आशिष जस्ता निर्माण कम्पनीलाई दिइएको बिषयमा अख्तियारमा उजुरी परेका थिए ।
स्रोतका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार सुनिलबहादुर थापाका छोरा सिद्धार्थ थापा, पूर्वमन्त्री धनबहादुर बुढा, अभिषेक खनालजस्ता बिचौलियाहरु पनि अनुसन्धानको घेरामा तानिएका छन् ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend