सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिका-६ प्रतिटोलमा बस्ने सांगे लामा भनी चिनिने एक युवक पेस्तोलसहित पक्राउ परेका छन् ।
२६ वर्षीय सांगे दोङ एक थान कटुवा पेस्तोलसहित आइतवार साँझ पक्राउ परेका हुन् । उनी प्रहरीलाई देख्नासाथ भाग्न खोज्दा आशंका लगी नियन्त्रणमा लिई सोधपुछ गर्ने क्रममा प्रतिटोल जंगलमा लुकाइराखेको पेस्तोल फेला परेको बताइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।