काठमाडौं । नेपाल टेलिकमको बिलिङ ठेक्का एकपछि अर्को विवादमा पर्दैगएको छ । संचार तथा सूचना प्रबिधि मन्त्रालयका सचिव राधिका अर्यालले नेपाल टेलिकमकी निमित्त प्रबन्ध निर्देशक सविना मास्के प्रधानलाई अष्ट्रेलिया भ्रमणमा जानुअघि आर्थिक प्रस्ताव खोलेर हुवावेलाई आसयपत्र दिएर जान निर्देशन दिएको स्रोतले बताएको छ ।
आइतबार प्रबन्ध निर्देशक मास्के अष्ट्रेलिया भ्रमणमा जाँदैछिन् । स्रोतका अनुसार नेपाल दूरसंचार संस्थान(टेलिकम)को अध्यक्षसमेत रहेकी सचिव अर्यालले बुधबार मास्केलाई आर्थिक प्रस्ताव खोली बिलिङ ठेक्का टुंगो लगाएर जान निर्देशन दिएकी छन् । टेलिकमका पूर्व एमडी तथा हाल जुनियर पदमा त्यहीँ कार्यरत डिल्लीराम अधिकारीमार्फत् सचिव अर्यालले मास्केलाई आर्थिक प्रस्ताव खोल्ने सूचना निकालेर जानका लागि निर्देशन दिएकी छन् ।
नेपाल टेलिकमको बिलिङ ठेक्का विवादित बन्दै गएपछि संचार तथा सूचना प्रबिधि मन्त्री जगदिश खरेलले पूर्व सचिव मणिराम गेलालको संयोजकत्वमा ७ सदस्यीय कमिटी गठन गरेका थिए । पूर्व प्रबन्ध निर्देशक संगीता पहाडीसहित अमूल प्रधानहरुबिरुद्ध म्यादथपको मुद्दा दर्ता भएदेखि बिभिन्न स्वार्थ समूहको खिचातानी, टेलिकमका उच्च कर्मचारीहरुको चलखेल लगायतका कारण गिजोलिएको बिलिङको ठेक्का समाधानका लागि मन्त्री खरेलले उच्चस्तरीय कमिटी बनाएका थिए ।
गेलाल समितिले टेण्डर प्रक्रिया त्रुटिपूर्ण भएको प्रतिवेदन दिएपछि टेलिकमकी निमित्त प्रबन्ध निर्देशक सविना मास्केलाई आर्थिक प्रस्ताव खोलेर हुवावेलाई आसयपत्र दिन चुनौतीपूर्ण छ । टेलिकम स्रोत भन्छ, कमिटीले टेण्डर प्रक्रिया त्रुटिपूर्ण भएको उल्लेख गरिसकेको र संचार मन्त्रालयले उक्त प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने भनिसकेको अवस्थामा निमित्त एमडी प्रधानलाई आर्थिक प्रस्ताव खोलेर हुवावेलाई ठेक्का दिन गाह्रो छ ।
गेलाल कमिटी गठन गर्ने पक्षमा पटक्कै नभएकी संचार मन्त्रालयकी सचिव अर्यालले कार्यादेश(टीओआर) बनाउन नै बिलम्ब गरेको, कमिटीमा राखिएका प्राविधिक सहसचिव आदेश खड्कालाई रातारात निर्वाचन आयोगमा सरुवा गर्नसमेत पछि नपरेको आरोप छ । सचिव अर्यालको अवरोधका बाबजुद गेलाल समिति बन्यो । र, समितिले टेण्डर प्रक्रियादेखि नै त्रुटि भएको प्रतिवेदन दिएपछि सचिव अर्याल रुष्ट भएकी छन् । र, उक्त प्रतिवेदन अनुसार टेण्डर रद्द गरी पुनः टेण्डरमा जानुपर्नेमा मन्त्री खरेललाई समेत बिलिङ सिष्टममा समस्या आउने भन्दै गेलालको प्रतिवेदन लागू नगर्नका लागि दबाब बढाउँदै लगेकी छन् ।
सचिव अर्याल र टेलिकमका पूर्वएमडी डिल्लीराम अधिकारीको दबाबमा मन्त्री खरेलले केही दिनअघि गेलाल समितिको प्रतिवेदनकै आधारमा बिलिङ ठेक्का नरोकिने सार्वजनिक अभिब्यक्ति दिन बाध्य भएका छन् । डिल्लीराम एमडी हुँदा पनि संचार मन्त्रालको सहसचिवका रुपमा बोर्ड सदस्य रहेकी थिइन् । त्यतिबेलादेखि नै हुवावेसँगको कनेक्सनमा रहेकी सचिव अर्यालले सचिव भइसकेपछि यसअघिकी एमडी संगीता पहाडीलाई हुवावेको फोरजीको बाँकी भुक्तानी दिन चर्को दबाब दिएकी थिइन् ।
सम्झौता भएको पाँच बर्षमा पनि नेपाल टेलिकम कम्पनीको स्मल सेल प्रविधि जडान नगरेको हुवावेलाई सचिव अर्यालकै दबाबमा फोरजीको भुक्तानी दिइएको थियो । करिब एक हजार स्थानमा पाँच हजार आठ सय २५ वटा स्मल सेल प्रविधि जडान गर्ने भनिए तापनि नगर्दा टेलिकमलाई बार्षिक ९ करोड नोक्सानमा पारिएको भए पनि हुवावेलाई फोरजी परियोजनाको भुक्तानी गरिएको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको छ ।
कमिटीले बिलिङ ठेक्काको सुरुवातदेखि नै निश्चित कम्पनीलाई दिने उद्देश्यले फेज आउट भइसकेको प्रबिधिलाई समेत प्रयोग गर्न पाउने सर्वोच्च अदालतको फैसलाकै बिपरीत हुनगरी टेलिकमले आफ्नै स्वार्थ अनुकूल हुनेगरी ठेक्कालाई विवादित बनाएका बिषयमा अध्ययन गरेको थियो ।
बिलिङको टेण्डर बिट गर्दा हुवावेले झन्डै २२ सय पृष्ठ कागजातमध्ये ५० प्रतिशत पढ्न नमिल्नेगरी बुझाएको र बोलपत्र अवधि सकिएपछि पेनड्राइभमा डकुमेन्ट बुझाएको, कीेर्ते कागजात पेश गरेको बिषयमा समेत उठेको थियो । टेलिकम आफैंले कालोसूचीमा राखेको कम्पनीलाई क्वालिफाई गरिएको लगायतका बिषयमा समेत विवादरहित बनाउनका लागि कमिटी गठन गरिएको थियो ।
गएको असोज ८ गते आर्थिक प्रस्ताव खोलेर हुवावेलाई दिनेगरी सेटिङ मिलाइसकेको ठेक्का प्रक्रिया संचार मन्त्री जगदिश खरेलले रोकेका थिए । प्राविधिक मूल्याकंनका क्रममा हुवावेलाई मात्र योग्य(क्लालिफाई) गरी अरु सबै कम्पनीलाई डिस्क्वालिफाई गरिसकेपछि हुवावेलाई ठेक्का दिनका लागि असोज २४ मा आर्थिक प्रस्ताव खोल्ने मिति तय भएको थियो ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend