सविना मास्के प्रधान, रिना डंगोल र शालिग्राम पराजुली
काठमाडौं । निवर्तमान संचार तथा सूचना मन्त्री पृथ्वी सुब्बा गुरुङका आईटी सल्लाहकार शालिग्राम पराजुली, प्रधानमन्त्री केपी ओलीका आइटी सल्लाहकार असगर अलीको निहीत स्वार्थका कारण देश तहसनहस भएको छ ।
जेनजी समूहको प्रदर्शनलाई ढाल बनाएर दुर्गा प्रसाईं, रास्वपा, माओवादी, राप्रपा, कांग्रेस–एमालेका असन्तुष्ट कार्यकर्तासमेत प्रहरी चौकी, नगरपालिका, सिंहदरबार, सर्वोच्च अदालत तोडफोड र आगजनी गर्न उद्यत भएका तस्वीर एकपछि अर्को सार्वजनिक भइरहेका छन् ।
निवर्तमान संचार मन्त्री गुरुङका आईटी सल्लाहकार शालिग्राम पराजुलीले भित्रभित्रै मेटा र गुगलसँग मोलमोलाइ गर्ने र मन्त्रीलाई उकासेर बन्द गर्न लगाउने गरेको आरोप छ । पराजुलीहरुको निहीत स्वार्थमा बहकिएर बस्तुस्थिति नबुझी सामाजिक संजाल बन्द गर्दा त्यसलाई बहाना बनाएर जेनजी समूह प्रदर्शनमा उत्रियो । धमिलो पानीमा माछा मार्न दुर्गा प्रसाईहरु लागे । फलतः २४ घन्टामा देश खरानीमा परिणत भयो ।
उद्योग ब्यापारका क्षेत्रमा अपूरणीय क्षति भएको छ । नेपालमा लगानी गर्नेहरुलाई हतोत्साही पार्ने काम भएको छ । पृथ्वी सुब्बा गुरुङका सल्लाहकार पराजुली तिनै हुन्, जसको सेटिङमा नेपाल टेलिकमले बिलिङको ठेक्का चिनियाँ कम्पनी हुवावेलाई दिनेगरी टुंगो लगाएको छ । कीर्ते कागजात राखेर हुवावेलाई बिलिङको ठेक्का दिनेगरी क्वालिफाई गरिएको टेलिकम स्रोतको दाबी छ ।
हुवावेको प्रभावमा परी पराजुली, टेलिकमकी कामु प्रबन्ध निर्देशक सविना मास्के प्रधान, चफि टेक्निकल अफिसर(सीटीओ) रिना डंगोल, बोलपत्र मूल्यांकन समितिका संयोजक सुजित मल्लको ५ सदस्यीय समूहले एकमुष्ट ५ प्रतिशत कमिसनमा टेण्डर फाइनल गरेका थिए । यसका मुख्य डिजाइनर पराजुली नै भएको टेलिकमकै कर्मचारी स्रोत बताउँछ ।
जेनजी समूहको बिद्रोहपछि गठित सुशीला कार्की नेतृत्वको सरकारले सुरुमै भ्रष्टाचार छानबिनलाई प्राथमिकतामा राखेको छ । जसमा सरकारी निकाय टेलिकम, विद्युत प्राधिकरण, सिंचाई, खानेपानीका ठूला ठेक्का पनि पर्दछन् ।
ओली सरकारका आईटी सल्लाहकार असगर अली, राजनीतिक सल्लाहकार बिष्णु रिमाल, संचार मन्त्री पृथ्वी सुब्बा र उनका सल्लाहकार पराजुलीले ठूलो भ्रष्टाचार गर्ने ग्रान्ड डिजाइनका साथ यो ठेक्का हुवावेलाई दिनेगरी सेटिङ गरेको घामजत्तिकै छर्लङ्ग भइसकेको छ ।
वर्तमान सरकारले गठन गर्ने उच्चस्तरीय भ्रष्टाचार छानबिन समितिले टेलिकमले सेटिङमा दिन लागेको टेलिकमको बिलिङको यो ठेक्कामा मन्त्री र माथि उल्लेखित कर्मचारीहरुको भूमिकाबारेमा पनि छानबिन गर्नेछ । पछिल्लो चरणमा सूचना प्रबिधि क्षेत्रको संवेदनशीलतालाई नबुझी असगर अली र पराजुलीको उक्साहटमा सामाजिक संजाल बन्द गर्दा सरकार नै ढल्यो, देश तहसनहस भयो । तर नेपाल टेलिकमका कामु एमडीसहितका कर्मचारीहरु भने अझै पनि हुवावेलाई ठेक्का दिने चलखेलमा लागिरहेका छन् ।
नयाँ सरकार गठन भइसकेकाले हुवावेलाई अनियमित रुपमा दिन लागिएको ठेक्का अगाडि नबढाउन संचार मन्त्रालयका सचिव राधिका अर्यालमाथि दबाब परेको छ । टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेसँगै शालिग्राम पराजुलीले कामु प्रबन्ध निर्देशक सबिना मास्के र रिना डंगोललाई मन्त्री गुरुङकोमा लिएर गएका थिए ।
मन्त्रीसँगको सोही भेटमा हुवावेलाई टेण्डर दिने सर्तमा उनलाई एमडी बनाउने र डंगोललाई सीटीओ बनाउने गरी तय भएको थियो । हुवावेले मन्त्रीलाई ५ प्रतिशत र अरु ५ प्रतिशत पराजुली, सबिना, डंगोल र मूल्यांकनका मल्लबीच भागबण्डा गर्नेगरी सेटिङ भएको थियो ।
हुवावेलाई ठेक्का दिनका लागि कीर्ते कागज त पेश गरिएकै छ, त्यसमाथि हुवावेले पेश गरेको बोलपत्र प्रस्ताव संशोधन समेत छुट दिइएको सरोकारवाला निकायले छानबिन गरे खुल्नेछ ।
यसैबीच, हुवावेलाई ठेक्का दिन सेटिङ गरेका पराजुलीले अघिल्लो सरकार सत्ताच्यूत भएर कार्की नेतृत्वको सरकार गठन भएपछि सामाजिक संजालमा राखेका निवर्तमान संचार मन्त्री गुरुङसँगका तस्वीरहरु सबै हटाएका छन् ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend