सविना मास्के प्रधान, रिना डंगोल र शालिग्राम पराजुली
काठमाडौं । निवर्तमान संचार तथा सूचना मन्त्री पृथ्वी सुब्बा गुरुङका आईटी सल्लाहकार शालिग्राम पराजुली, प्रधानमन्त्री केपी ओलीका आइटी सल्लाहकार असगर अलीको निहीत स्वार्थका कारण देश तहसनहस भएको छ ।
जेनजी समूहको प्रदर्शनलाई ढाल बनाएर दुर्गा प्रसाईं, रास्वपा, माओवादी, राप्रपा, कांग्रेस–एमालेका असन्तुष्ट कार्यकर्तासमेत प्रहरी चौकी, नगरपालिका, सिंहदरबार, सर्वोच्च अदालत तोडफोड र आगजनी गर्न उद्यत भएका तस्वीर एकपछि अर्को सार्वजनिक भइरहेका छन् ।
निवर्तमान संचार मन्त्री गुरुङका आईटी सल्लाहकार शालिग्राम पराजुलीले भित्रभित्रै मेटा र गुगलसँग मोलमोलाइ गर्ने र मन्त्रीलाई उकासेर बन्द गर्न लगाउने गरेको आरोप छ । पराजुलीहरुको निहीत स्वार्थमा बहकिएर बस्तुस्थिति नबुझी सामाजिक संजाल बन्द गर्दा त्यसलाई बहाना बनाएर जेनजी समूह प्रदर्शनमा उत्रियो । धमिलो पानीमा माछा मार्न दुर्गा प्रसाईहरु लागे । फलतः २४ घन्टामा देश खरानीमा परिणत भयो ।
उद्योग ब्यापारका क्षेत्रमा अपूरणीय क्षति भएको छ । नेपालमा लगानी गर्नेहरुलाई हतोत्साही पार्ने काम भएको छ । पृथ्वी सुब्बा गुरुङका सल्लाहकार पराजुली तिनै हुन्, जसको सेटिङमा नेपाल टेलिकमले बिलिङको ठेक्का चिनियाँ कम्पनी हुवावेलाई दिनेगरी टुंगो लगाएको छ । कीर्ते कागजात राखेर हुवावेलाई बिलिङको ठेक्का दिनेगरी क्वालिफाई गरिएको टेलिकम स्रोतको दाबी छ ।
हुवावेको प्रभावमा परी पराजुली, टेलिकमकी कामु प्रबन्ध निर्देशक सविना मास्के प्रधान, चफि टेक्निकल अफिसर(सीटीओ) रिना डंगोल, बोलपत्र मूल्यांकन समितिका संयोजक सुजित मल्लको ५ सदस्यीय समूहले एकमुष्ट ५ प्रतिशत कमिसनमा टेण्डर फाइनल गरेका थिए । यसका मुख्य डिजाइनर पराजुली नै भएको टेलिकमकै कर्मचारी स्रोत बताउँछ ।
जेनजी समूहको बिद्रोहपछि गठित सुशीला कार्की नेतृत्वको सरकारले सुरुमै भ्रष्टाचार छानबिनलाई प्राथमिकतामा राखेको छ । जसमा सरकारी निकाय टेलिकम, विद्युत प्राधिकरण, सिंचाई, खानेपानीका ठूला ठेक्का पनि पर्दछन् ।
ओली सरकारका आईटी सल्लाहकार असगर अली, राजनीतिक सल्लाहकार बिष्णु रिमाल, संचार मन्त्री पृथ्वी सुब्बा र उनका सल्लाहकार पराजुलीले ठूलो भ्रष्टाचार गर्ने ग्रान्ड डिजाइनका साथ यो ठेक्का हुवावेलाई दिनेगरी सेटिङ गरेको घामजत्तिकै छर्लङ्ग भइसकेको छ ।
वर्तमान सरकारले गठन गर्ने उच्चस्तरीय भ्रष्टाचार छानबिन समितिले टेलिकमले सेटिङमा दिन लागेको टेलिकमको बिलिङको यो ठेक्कामा मन्त्री र माथि उल्लेखित कर्मचारीहरुको भूमिकाबारेमा पनि छानबिन गर्नेछ । पछिल्लो चरणमा सूचना प्रबिधि क्षेत्रको संवेदनशीलतालाई नबुझी असगर अली र पराजुलीको उक्साहटमा सामाजिक संजाल बन्द गर्दा सरकार नै ढल्यो, देश तहसनहस भयो । तर नेपाल टेलिकमका कामु एमडीसहितका कर्मचारीहरु भने अझै पनि हुवावेलाई ठेक्का दिने चलखेलमा लागिरहेका छन् ।
नयाँ सरकार गठन भइसकेकाले हुवावेलाई अनियमित रुपमा दिन लागिएको ठेक्का अगाडि नबढाउन संचार मन्त्रालयका सचिव राधिका अर्यालमाथि दबाब परेको छ । टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेसँगै शालिग्राम पराजुलीले कामु प्रबन्ध निर्देशक सबिना मास्के र रिना डंगोललाई मन्त्री गुरुङकोमा लिएर गएका थिए ।
मन्त्रीसँगको सोही भेटमा हुवावेलाई टेण्डर दिने सर्तमा उनलाई एमडी बनाउने र डंगोललाई सीटीओ बनाउने गरी तय भएको थियो । हुवावेले मन्त्रीलाई ५ प्रतिशत र अरु ५ प्रतिशत पराजुली, सबिना, डंगोल र मूल्यांकनका मल्लबीच भागबण्डा गर्नेगरी सेटिङ भएको थियो ।
हुवावेलाई ठेक्का दिनका लागि कीर्ते कागज त पेश गरिएकै छ, त्यसमाथि हुवावेले पेश गरेको बोलपत्र प्रस्ताव संशोधन समेत छुट दिइएको सरोकारवाला निकायले छानबिन गरे खुल्नेछ ।
यसैबीच, हुवावेलाई ठेक्का दिन सेटिङ गरेका पराजुलीले अघिल्लो सरकार सत्ताच्यूत भएर कार्की नेतृत्वको सरकार गठन भएपछि सामाजिक संजालमा राखेका निवर्तमान संचार मन्त्री गुरुङसँगका तस्वीरहरु सबै हटाएका छन् ।
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend