Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • मालपोतका हाकिम र लेखापढी व्यवसायी ६ लाख घुससहित पक्राउ


    शनिबार, फाल्गुन ८ २०७७
    890
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । मालपोत कार्यालय बाराका कार्यालय प्रमुख नायब सुब्बा(नासु) मनोज कुमार खनाल र लेखापढी व्यवसायी बद्री प्रसाद बडाललाई ६ लाख घुससहितअख्तियार दुरुपयोग अनुसन्धान आयोगले  पक्राउ गरेको छ ।

    नासु खनाल र लेखापढी व्यवसायी बडालले ‘सेवाग्राहीले खरिद गर्न लागेको जग्गा श्रम विभागबाट रोक्का छ’ भनी सर्जमिन मुचुल्का गरी सिफारिस पठाई फुकुवा गर्ने प्रक्रिया मिलाई फास्ट ट्रयाकबाट पास गराईदिने र उक्त काम गरिदिए वापत सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारको टोली शुक्रबार पक्राउ गरेको हो ।

    उनीहरुले सेवाग्राहीबाट ६ लाख रुपैयाँ घुस रकम लिइसकेको अवस्थामा उक्त रकमसहित दुवै जनालाई शुक्रबार जितपुर सिमरा उपमहानगरपालिका-२२, स्थित जर्गा होटलबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार