काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मंसिरमा पार्टीको विशेष महाधिवेशन गर्नुको विकल्प नभएको बताएका छन् ।
सानेपामा बसेको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नियमित अधिवेशनको समय भ्याइनभ्याई भएकाले मंसिर २७–२८ गते विशेष महाधिवेशन गर्नैपर्ने स्पष्ट पारेका हुन् ।
उनले भने– ‘मैले नियमित महाधिवेशन गर्न सकिन्छ भनेर नै कार्यतालिका पेस गरेको हुँ । केही साथीहरू सकिँदैन भन्नुहुन्छ । त्यसका लागि उत्तम बाटो भनेको विशेष महाधिवेशन हो । मंसिरको २७–२८ गते जुन दिन उपयुक्त हुन्छ विशेष महाधिवेशन गर्ने र नयाँ नेतृत्व ल्याउने । विशेष महाधिवेशन नै निर्विकल्प हो ।’
महामन्त्री थापाले कांग्रेस आगामी फागुन २१ गते हुने निर्वाचनमा सहभागी हुने घोषणा गरे । साथै चुनावमा भाग नलिने भनिरहेका दलहरुसँग संवादमार्फत निर्वाचनमा ल्याउने प्रयास कांग्रेसले गर्ने पनि बताए ।
राजनीतिक दलहरूले निर्वाध गतिविधि गर्न पाउनुपर्ने वातावरण बनाउन सरकार गम्भीर नरहेको बताउँदै उनले भने– ‘हातहतियार बाहिर छन्, कैदीहरू फरार छन् । राजनीतिक दलहरूले निर्वाध रूपमा गतिविधि गर्न पाउनुपर्छ ।’
थापाले कांग्रेसले शान्तिको राजनीतिको नेतृत्व गर्नुपर्ने र अहिलेको जटिल अवस्थाबाट निस्कन फागुन २१ को निर्वाचन नै एक मात्र विकल्प भएको दाबी गरे ।
उनले केही दल तथा समूहहरूले उत्तेजना र प्रतिशोध फैलाइरहेको भन्दै त्यसविरुद्ध कांग्रेस दृढतापूर्वक उभिने पनि बताए ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend