Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • भागरथीकाे हत्या आरोपिलाई म्याद थप गर्न अदालत लैजाँदै प्रहरी


    बुधबार, फाल्गुन ५ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका १८ वर्षीय दिनेश भट्टलाई प्रहरीले अदालत लैजाने तयारी गरेको छ ।

    जिल्ला अदालत, बैतडीमा लगेर आरोपी भट्टलाई हिरासतमा राखेर अनुसन्धानका लागि म्याद लिने प्रहरी तयारी छ । भट्टविरुद्ध करणी र ज्यान सम्बन्धी कसुर सम्बन्धी मुद्दामा म्याद थप हुनेछ ।

    जिल्ला प्रहरी कार्यालय, बैतडीका अनुसार म्याद थप गरेपछि पत्रकार सम्मेलन गरेर घटनाबारे विस्तृत विवरण सार्वजनिक गरिनेछ । दिउँसो २ बजेका लागि पत्रकारहरुलाई बोलाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार