Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मध्यप्रदेश बस दुर्घटनामा मृत्यु हुनेकाे संख्या ५० पुग्यो


    बुधबार, फाल्गुन ५ २०७७
    940
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । भारतको मध्यप्रदेशको सिधि जिल्लामा मंगलबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५० पुगेको छ । समाचार एजेन्सी एएनआईका अनुसार सिधि जिल्लाका जिल्लाधिकारी रबिन्द्र कुमार चौधरीले बस दुर्घटनामा हालसम्म ५० जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

    यो दुर्घटनामा अघिल्लो मंगलबार रामपुर नैकिन थानाक्षेत्रमा बिहान लगभग साढे ७ बजे भएको हो । उक्त बस २२ फिट गहिरो नहरमा खसेको थियो ।

    मुख्यमन्त्री शिवराज सिंह चौहानले दुर्घटनामाथि गहिरो दुःख व्यक्त गरेका छन् र दुर्घटनामा ज्यान गुमाउनेहरुका परिवारलाई ५–५ लाख भारु दिने घोषणा गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार