काठमाडौं । पूर्वमन्त्री दीपक खड्काको खड्काल्याण्ड प्रालिले निर्माण गरेको लैनचौरस्थित नेपाल स्काउटको जग्गाका संरचनाामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । बिहीबार बिहानै महानगरले खड्काले कब्जा गरी निर्माण गरेका संरचना भत्काएको हो ।
लामो समयदेखि विवादमा रहेको उक्त जग्गामा पूर्वऊर्जमन्त्री एवं कांग्रेस नेता दिपक खड्काले विभिन्न व्यापारिक संरचना निर्माण गरी प्रयोग गर्दै आएको आरोप रहेको थियो ।
स्काउटले सो जग्गा भाडामा दिएको भए पनि उनले नियत समयदेखि भाडा नतिरेको र जग्गा खाली गर्न पटक–पटक आग्रह गरिएको बताइएको छ ।
तर चेतावनीपत्रका बावजूद पनि जग्गा खाली नगरेकाले महानगरपालिकाले बिहीबार बिहानै डोजर परिचालन गरी टहरा तथा अस्थायी संरचना भत्काएको हो ।
स्काउटले २०६५ सालमा भाडामा दिएको ३ रोपनी जग्गामा खड्का ल्याण्डले लैनचौर ब्याङ्क्वेट खोलेको छ । त्यस्तै, माई च्वाइस नामक रेस्टुरेन्टको संरचना पनि बनाइएको छ । खड्काले लिजमा लिएको स्काउटको जग्गाको भाडासमेत करोडौं तिर्न बाँकी छ ।
काठमाडौं । चर्चित रेस्टुरेन्ट सेकुवा बाई किलोले भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि रु. २० लाख ११ हजार १ सय ११ सहयोग गरेको छ...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend