Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भारतकाे उत्तराखण्डमा हिमताल विस्फोट हुँदा ५८ जनाकाे मृत्यु


    मंगलबार, फाल्गुन ४ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । भारतको उत्तराखण्डस्थित चमोली जिल्लामा हिमताल विस्फोटपछि आएको बाढीमा परी मृत्यु हुनेको संख्या ५८ पुगेको छ।

    चमोली जिल्ला प्रशासन कार्यालयले तपोवन जलविद्युत परियोजनाको सुरुङबाट पछिल्लो पटक ११ जनाको शव निकालिएको जानकारी दिएको छ। योसहितसुरुङबाट कुल ५८ जनाको शव निकालिएको छ। हिमताल फुटेर चमोलीका अलकानन्द र धौलीगंगामा आएको बाढीमा परेकाहरूको लगातार उद्धार कार्य चलिरहेको छ।

    अधिकारीहरूका अनुसार घटनामा अझै १ सय ४६ जना बेपत्ता छन्। धौलीगंगा नदीमा रहेका दुईवटा जलविद्युत परियोजनामा काम गरिरहेका मजदुरहरू बाढीको चपेटामा परेका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार