काठमाडौं । नेपाल स्काउटले पूर्व ऊर्जामन्त्री दीपक खड्काको खड्का ल्याण्ड प्रालिलाई ७ दिनभित्र बहाल तिर्न अल्टिमेटम दिएको छ ।
स्काउटको जग्गा लिजमा लिएर करिब सात करोड रुपैयाँ बक्यौता तिर्न अटेरी गर्दै आएका खड्कालाई ७ दिनभित्र बहाल तिर्न सार्वजनिक सूचना नै जारी गरिएको छ । स्काउटको राष्ट्रिय प्रधान कार्यालयले बुधबार सार्वजनिक सूचना निकालेर खड्का ल्याण्ड प्रालिलाई उक्त अल्टिमेटम दिएको हो ।
आफ्नै स्वामित्वमा रहेको जग्गा र सो जग्गामा निर्माण भएका संरचनाको बहाल तिर्न अन्यथा जग्गामा निर्माण भएका सम्पूर्ण भवन तथा सामानहरु जफत गर्ने चेतावनी स्काउटले दिएको छ ।
बुधबार निकालिएको स्काउटको सार्वजनिक सूचना अनुसार स्काउटको जग्गा र त्यहाँका संरचना खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिले भाडामा सञ्चालन गर्दै आएको छ । तर भाडा चुक्ता नगर्दा स्काउटलाई अपूरणीय क्षति पुगेको उल्लेख छ । त्यसैले सात दिनभित्र बहालको बक्यौता रकम तिर्न अन्तिम मौका प्रदान गरिएको उल्लेख छ ।
दिइएको समय ७ दिनभित्र बहाल तिर्न नआए नेपाल स्काउट र त्यस खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिबीच भएको सम्झौताको बुँदा नं. ४ बमोजिम र मुलकको देवानी संहिता २०७४ को परिच्छेद १२ दफा ६१९, ६२० (४) र ६२१ बमोजिम जग्गामा निर्माण भएका सम्पूर्ण भवन तथा सामानहरु जफत गरिने र उक्त जफतबाट समेत नपुग हुन आउने रकम घरघराना वा जायजेथाबाट असुल उपर गर्ने व्यहोरा समेत सूचित गरिन्छ ।’
वर्षौँदेखिको भाडा नपाएको स्काउटले मन्त्री खड्काको कम्पनी खड्काल्यान्ड डेभलपमेन्ट प्रालिसँग २०८१ असारमा सबैखाले सम्झौता तोडे पनि भाडा विवादका कारण नयाँ ठेक्का प्रक्रिया पनि अगाडि बढाउन सकेको छैन । दीपक खड्काले जरिवानामा छुट माग्दै सम्झौता तोडे पनि बहाल नतिरी अटेर गर्दैआएको छ । यसअघिका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीकै कार्यकालमा उनी जरिवाना र बक्यौता छुट लिन लागेका थिए । त्यही भएर तेजुलाल प्रयोग गरी उनले स्काउटमा भाँडभैलो सृजना गरेका थिए ।
यस्तो छ नेपाल स्काउटले निकालेको सूचना :

काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend