काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस पार्टी सुदृढीकरण र सुधार यात्रालाई नयाँ ऊर्जा दिन युवापुस्ताको साथ अपरिहार्य रहेको बताएका छन् ।
बुधबार सामाजिक सञ्जालमार्फत् एक भिडियो वक्तव्य जारी गर्दै उनले कांग्रेससँग प्रत्यक्ष सम्बन्ध नभएका नौजवानलाई पनि सुधार र पुनर्गठनको अभियानमा सहभागी हुन आग्रह गरेका हुन् ।
महामन्त्री थापाले आगामी अधिवेशनलाई पार्टी सुधारको ऐतिहासिक अवसरका रूपमा चित्रित गर्दै सबै तहका कार्यकर्तालाई सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरे ।
‘हाम्रो सुधार यात्रामा तपाईंहरूको साथ अपरिहार्य छ’, उनले भने, ‘कांग्रेससँग प्रत्यक्ष सम्बन्ध नभए पनि तपाईंहरूको समर्थनले यो अभियानलाई नयाँ ऊर्जा र बल प्रदान गर्नेछ ।’
थापाका अनुसार नेपाली कांग्रेसले आफ्ना संरचना, नीति र संगठनात्मक अभ्यासमा समयअनुकूल परिवर्तन आवश्यक रहेको बुझेको छ। उनले सुधारका बहसमा युवापुस्ताको विचार, दृष्टि र सक्रियता अनिवार्य रहेको उल्लेख गरे ।
उनले थपे, ‘पार्टी सुधार केवल नेताहरूको निर्णयमा सीमित हुँदैन। यो प्रक्रिया नौजवानहरूको सहभागिताबाटै सार्थक हुन्छ ।’
युवापुस्तामाझ लोकप्रिय नेताका रूपमा परिचित थापाले पार्टीलाई समसामयिक बनाउने अभियानमा बाहिरका नौजवानहरूलाई समेत सहयात्री बन्न आह्वान गरेका छन् ।
काठमाडौँ । सरकारले बाढीबाट क्षतिग्रस्त सडक सञ्जाल आगामी असोजभित्र सञ्चालनमा ल्याउने गरी पुनस्स्थापनाको काम तीव्र बनाएको छ। तत्काल वैकल्पिक सडक सञ्चालन तथा तुइन र...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताएका छन् । राष्ट्रिय बाल दिवस, २०८३ को अवसरमा शुभकामना सन्देश...
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रसुवाको भोटेकोसी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषित विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल सुरु गरेका छन्। प्रधानमन्त्री तथा...
ललितपुर । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले हरितालिका ‘तीज’ नेपाली महिलाको सांस्कृतिक धरोहर रहेको बताएका छन् । उनले आज शुभकामना सन्देश जारी गर्दै नेपाल विभिन्न...
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तिय स्वायत्तता प्रदान गर्न ऐन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend