सीआईबीले पक्राउ गरी छाडेका सुन तस्कर दावा छिरिङका मुख्य सहयोगी जीवन चलाउने (फेटो साभारः हिमाल खबर)
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ब्रेकसूमा राखी भएको ६० किलो सुन तस्करीमा जीवन चलाउने, ऐलेक्स भन्ने यो पुचिङ, थुप्तिन छिरिङ नामका चिनियाँ नागरिक र हर्कराज राईसहित नागरिकसहित एक दर्जन व्यक्तिविरुद्ध सम्पत्ति शुद्धीकरण बिभागले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सुन तस्करीबाट अवैध रूपमा आर्जित सम्पत्ति बैध देखाउने प्रयत्न गरेको ठहर गर्दै सोमबार मुद्दा दायर गरेको हो ।
विभागका अनुसार आरोपितहरूले तस्करीमार्फत् आर्जित सम्पत्ति प्रयोग गरी दुई अर्ब रुपैयाँभन्दा बढी रकम शुद्धीकरण गरेको प्रमाण भेटिएको बिभागले जनाएको छ । प्रहरीले तस्करीमा मुद्दा चलाइसकेपछि सम्पत्ति शुद्धीकरण विभागले छुट्टै अनुसन्धान गरेको थियो । करिब दुई वर्षको अनुसन्धानपछि विभागले मुद्दा अदालतमा दर्ता गरेको जनाइएको छ ।
२०८० साउन २ गते विमानस्थलमार्फत् ब्रेकसुमा ६० किलो सुन तस्करी भएको घटना सार्वजनिक भएको थियो । राजस्व अनुसन्धान विभागले त्यसबेलै सुनसहित संलग्न केही व्यक्तिलाई नियन्त्रणमा लिएर छानबिन थालेको थियो ।
मुद्दा दायर गरिएका प्रतिवादीमध्येका जीवन चलाउनेका नाममा विभिन्न ३२ कित्ताको जग्गा देखिएको छ । जसको मूल्य १५ करोड ३० लाख ५१ हजार रुपैयाँ रहेकोमा जग्गा खरिद गर्दा रजिस्ट्रेसन दस्तुरबापत कुल ४५ लाख ९५ हजारसहित १५ करोड ७६ लाख ४६ हजार रुपैयाँ हुन आउने विभागको हिसाब छ । चलाउनेले चामलको कारोबार गर्ने भनेर दर्ता गरेको मस्टा ग्रुप प्रालिको चुक्ता पुँजी १५ करोड रहेको देखिएको छ ।
सामानको मौज्दात रकम ६ करोड ६४ लाख ४६ हजार, लिन बाँकी रकम ७४ करोड ५१ लाख १३ हजार, प्रालिको नाममा रहेको जग्गाको मूल्य ३० करोड ९८ लाख ७५ हजार र घरको मूल्य ५४ लाख २३ हजार रुपैयाँ रहेको आरोपपत्रमा उल्लेख छ । लाभग्राही स्वामित्व (बेनिफिसियल ओनरसिप) को रूपमा उपयोग गरेको सम्पत्ति कसुरबाट प्राप्त गरेको घरजग्गाको खरिद मूल्य दुई करोड रुपैयाँ र ती घरजग्गा खरिद गर्दा नौ लाखको रजिस्ट्रेसन दस्तुर तिरेको देखिएको छ । चलाउनेको सबै गरेर एक अर्ब ४५ करोड ५४ लाख तीन हजार ९४८ रुपैयाँ देखिएको छ ।
यसका अतिरिक्त विदेशबाट अवैध तरिकाले आयात गरेको ६० किलो ७१६ ग्राम सुनको तत्कालीन अवस्थाको प्रतितोला मूल्य एक लाख १२ हजार पाँच सयका दरले ५८ करोड ५६ लाख नौ हजार ५६८ रुपैयाँ हुन आउने हिसाब विभागको छ । त्यसैगरी हिमालयन बैंकमा कसुरबाट प्राप्त जोरजम्मा गरी कारोबारसमेतबाट निस्सर्ग गरेको रकम तीन करोड ५२ लाख रुपैयाँ देखिएको छ ।
सबै गरेर कुल दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ रुपैयाँको बिगो हिसाब विभागले निकालेको छ । यो रकम सम्पत्ति शुद्धीकरण भएको विभागको दाबी छ । यसैलाई बिगो कायम गरेर चलाउनेलाई विभागले प्रतिवादी कायम गरेको छ । चलाउने सम्पर्कमा नदेखिएको भन्दै फरार प्रतिवादीका रूपमा मुद्दा दायर गरिएको छ । सुन तस्करीमा संलग्न चलाउने पक्राउ परिसकेपछि सीआईबीका तत्कालीन उच्च अधिकारीको सेटिङमा छुटेपछि फरार भएका थिए ।
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend