काठमाडौं । राजस्व अनुसन्धान विभागले भन्सारछलीको आशंकामा रसुवाबाट भित्रिएका ८ वटा मालबाहक ट्रक बरामद गरेपछि तस्करहरुले केरुङ नाका नै ठप्प पारेका छन् । विभागले भन्सारछलीको आशंकामा बिहीबार र शुक्रबार ती ट्रक बरामद गरेको हो ।
रसुवा भन्सार कार्यालयबाट भित्रिएका ती ट्रकमा करोडौंका भन्सारछलीका सामान भित्रिएको सूचनापछि राजस्व अनुसन्धान विभागले बरामद गरेको जनाएको छ । विभागका महानिर्देशक बुढाको सचिवालयका अनुसार ८ वटा ट्रक अनुसन्धानका लागि बिभागमा ल्याइएको छ । भन्सारछली भएको छ कि छैन, अनुसन्धानपछि मात्र थाहा हुन्छ ।
विभाग स्रोतका अनुसार एक बर्षदेखि रसुवा भन्सार कार्यालयमा सेटिङ गरी भन्सारछलीका कपडादेखि इलेक्ट्रिक सिगरेट(भेप) र जुत्ता लगायतका सामान आयात गर्दैआएका ब्यापारीहरु बुद्धराज बस्नेत, सुवास तिमल्सिना, वाङछिरिङ तामाङ, अमृत कार्की, रमेश श्रेष्ठ (खाडीचौर) र जनार्दन त्रिपाठीका ट्रक राजस्वले बरामद गरेको हो । ना ३ ख ५१९४, वाङछिरिङको सामान लोड भएका २२१६, ७२२१ र ना ३ ख ७६०३ नम्बरका ट्रक बरामद भएका छन् । ४ वटा ट्रकको नम्बर भने प्राप्त हुन सकेन ।
बुद्धराज बस्नेत र सुवास तिमल्सिनाले विगत १ बर्षदेखि रसुवा भन्सारबाट सेटिङमा तस्करी गर्दैआएको सूचना राजस्व अनुसन्धान विभागका महानिर्देशक चक्रबहादुर बुढाले पाएपछि बिशेष सूचनाका आधारमा ट्रक बरामद गरेको स्रोतले बताएको छ ।
बुद्धराज बस्नेत सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष हुन् । उनले गतबर्ष डा. प्रकाशशरण महत अर्थमन्त्री भएदेखि उनका भान्जा अरुण थापासँग मिलेर रसुवा भन्सार कार्यालयमा सेटिङ गरी तस्करीका सामान भित्र्याउने गरेका छन् । महतको बहिर्गमनपछि आएका अर्थमन्त्री बर्षमान पुनसँग पनि उनले माओवादी ब्यापारी इश्वर गुभाजुमार्फत् सेटिङ गरी रसुवा नाकामा सेटिङ गरी तस्करी गराउँदैआएका छन् । यसअघिका राजस्व अनुसन्धान विभागका डीजी नवराज ढुंगानासँग उनले सेटिङ गरेकाले विगत ८ महिनामा एउटा ट्रक पनि बरामद भएनन् ।
भन्सार बिभागका तत्कालीन महानिर्देशक शोभाकान्त पौडेलले गएको पुसमा अनुगमन गरी बुद्धराज बस्नेत, सुवास तिमल्सिना र उमेश प्रधानको समूहका तस्करीका ट्रक बरामद गरेपछि २० दिन भन्सारबाट सामान नै आयात ठप्प पार्ने काम उनीहरुले गरेका थिए । तस्करी गर्न पाउनुपर्ने माग राखी बस्नेतहरुले भन्सार नाका ठप्प पारेका थिए ।
बस्नेतले भन्सार नै ठेक्कामा लिएर प्रतिगाडी २ लाखका दरले लिएर न्यून बिजकीकरण गर्ने वा ब्रान्डेड सामानलाई कमसल घोषणा गरी भित्र्याउँदैआएका छन् । बुद्धराज बस्नेत र सुवास तिमल्सिनाको सेटिङमा कपडा र जुत्तामा भेप समेत हालेर ल्याएको भन्सार विभागको अनुगमनमा फेलापरेको थियो ।
एक बर्षको बीचमा सेटिङमा तस्करी गर्दै उनले अथाह सम्पत्ति आर्जन गरी त्यसकै बलमा सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको अध्यक्ष जितेका छन् । राजस्व अनुसन्धान विभागका महानिर्देशक बुढाले रसुवा भन्सार विभागको महानिर्देशक हुँदा पनि रसुवा भन्सारबाट आउने सामानको निरन्तर अनुगमन गर्दैैआएका थिए ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend