काठमाडौं । राजस्व अनुसन्धान विभागले भन्सारछलीको आशंकामा रसुवाबाट भित्रिएका ८ वटा मालबाहक ट्रक बरामद गरेपछि तस्करहरुले केरुङ नाका नै ठप्प पारेका छन् । विभागले भन्सारछलीको आशंकामा बिहीबार र शुक्रबार ती ट्रक बरामद गरेको हो ।
रसुवा भन्सार कार्यालयबाट भित्रिएका ती ट्रकमा करोडौंका भन्सारछलीका सामान भित्रिएको सूचनापछि राजस्व अनुसन्धान विभागले बरामद गरेको जनाएको छ । विभागका महानिर्देशक बुढाको सचिवालयका अनुसार ८ वटा ट्रक अनुसन्धानका लागि बिभागमा ल्याइएको छ । भन्सारछली भएको छ कि छैन, अनुसन्धानपछि मात्र थाहा हुन्छ ।
विभाग स्रोतका अनुसार एक बर्षदेखि रसुवा भन्सार कार्यालयमा सेटिङ गरी भन्सारछलीका कपडादेखि इलेक्ट्रिक सिगरेट(भेप) र जुत्ता लगायतका सामान आयात गर्दैआएका ब्यापारीहरु बुद्धराज बस्नेत, सुवास तिमल्सिना, वाङछिरिङ तामाङ, अमृत कार्की, रमेश श्रेष्ठ (खाडीचौर) र जनार्दन त्रिपाठीका ट्रक राजस्वले बरामद गरेको हो । ना ३ ख ५१९४, वाङछिरिङको सामान लोड भएका २२१६, ७२२१ र ना ३ ख ७६०३ नम्बरका ट्रक बरामद भएका छन् । ४ वटा ट्रकको नम्बर भने प्राप्त हुन सकेन ।
बुद्धराज बस्नेत र सुवास तिमल्सिनाले विगत १ बर्षदेखि रसुवा भन्सारबाट सेटिङमा तस्करी गर्दैआएको सूचना राजस्व अनुसन्धान विभागका महानिर्देशक चक्रबहादुर बुढाले पाएपछि बिशेष सूचनाका आधारमा ट्रक बरामद गरेको स्रोतले बताएको छ ।
बुद्धराज बस्नेत सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष हुन् । उनले गतबर्ष डा. प्रकाशशरण महत अर्थमन्त्री भएदेखि उनका भान्जा अरुण थापासँग मिलेर रसुवा भन्सार कार्यालयमा सेटिङ गरी तस्करीका सामान भित्र्याउने गरेका छन् । महतको बहिर्गमनपछि आएका अर्थमन्त्री बर्षमान पुनसँग पनि उनले माओवादी ब्यापारी इश्वर गुभाजुमार्फत् सेटिङ गरी रसुवा नाकामा सेटिङ गरी तस्करी गराउँदैआएका छन् । यसअघिका राजस्व अनुसन्धान विभागका डीजी नवराज ढुंगानासँग उनले सेटिङ गरेकाले विगत ८ महिनामा एउटा ट्रक पनि बरामद भएनन् ।
भन्सार बिभागका तत्कालीन महानिर्देशक शोभाकान्त पौडेलले गएको पुसमा अनुगमन गरी बुद्धराज बस्नेत, सुवास तिमल्सिना र उमेश प्रधानको समूहका तस्करीका ट्रक बरामद गरेपछि २० दिन भन्सारबाट सामान नै आयात ठप्प पार्ने काम उनीहरुले गरेका थिए । तस्करी गर्न पाउनुपर्ने माग राखी बस्नेतहरुले भन्सार नाका ठप्प पारेका थिए ।
बस्नेतले भन्सार नै ठेक्कामा लिएर प्रतिगाडी २ लाखका दरले लिएर न्यून बिजकीकरण गर्ने वा ब्रान्डेड सामानलाई कमसल घोषणा गरी भित्र्याउँदैआएका छन् । बुद्धराज बस्नेत र सुवास तिमल्सिनाको सेटिङमा कपडा र जुत्तामा भेप समेत हालेर ल्याएको भन्सार विभागको अनुगमनमा फेलापरेको थियो ।
एक बर्षको बीचमा सेटिङमा तस्करी गर्दै उनले अथाह सम्पत्ति आर्जन गरी त्यसकै बलमा सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको अध्यक्ष जितेका छन् । राजस्व अनुसन्धान विभागका महानिर्देशक बुढाले रसुवा भन्सार विभागको महानिर्देशक हुँदा पनि रसुवा भन्सारबाट आउने सामानको निरन्तर अनुगमन गर्दैैआएका थिए ।
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend