Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • २५ अर्ब भ्रष्टाचारको मुद्दा खोतल्दै अख्तियार, पदाधिकारीको राजीनामा माग्न प्रदीपले गरे नक्कली जेनजी परिचालन


    मंगलबार, कार्तिक १८ २०८२
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलदेखि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ठेक्कामा २५ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेका नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले छुट्टै जेनजी गठन गरेका छन् ।

    अख्तियारले छानविन तिव्र पारेपछि अधिकारी र पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले छुट्टै जेनजी आन्दोलनकारी समूह तयार पारेको खुलासा भएको छ ।

    नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी जसले २५ अर्बभन्दा बढी भ्रष्टाचार गरेका छन् । प्रतिनिधिसभाको सार्वजनिक लेखासमितिले पोखरा विमानस्थल निर्माणमा मात्रै उनले १० अर्बभन्दा बढी अनियमितता गरेको ठहर गरेको छ । र, कारबाही गर्न अख्तियारलाई सिफारिस गरेको छ ।

    उनै अधिकारीविरुद्ध अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन तिव्र पारेको छ । अख्तियारले छानविन तिव्र पारेपछि अधिकारी र पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले एउटा नक्कली जेनजी आन्दोलनकारी समूह तयार पारेको आरोप छ । यो समूहले अख्तियार र सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीश विरुद्ध अभियान चलाइरहेको छ ।

    संगीता आवाले, अजय राई, उर्मिला वाइवा, सृजना याता, अन्जु चाम्लिङलगायतको एक समूह परिचालित भएका छन् । भ्रष्टाचारबिरुद्ध गठन भएको जेनजी भन्दै आज उनीहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सर्वोच्चतिर राजीनामाको माग राखेर जाँदैछन् । तर उनीहरु कल्याण श्रेष्ठ र प्रदीप अधिकारीबाट संचालित भएको आरोप छ ।

    अख्त्यिारले लेखासमितिको छानबिनलाई आधार बनाएर अनुसन्धान गरी प्रदीप अधिकारीका बिरुद्ध विशेष अदालतमा मुद्दा बुझाउने तयारी गरेपछि उनले पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठसँग मिलेर जेनजीका नाममा अख्तियार प्रमुखको राजीनामा माग्न खटाएको स्रोत बताउँछ । उनीहरुको बारेमा छानबिन गरेमा अर्जुनबहादुर शाहीको भेद खुलेजस्तै उनीहरु पनि अधिकारीबाटै परिचालित भएको भेद खुल्ने स्रोत बताउँछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार