काठमाडौं, १५ बैशाख ।
कोरोना भाइरस(कोभिड–१९) को महामारीका कारण सबैभन्दा बढी मानवीय क्षति अमेरिकामा भएको छ । अमेरिकामा आजका मितिसम्म ९ लाख ८७ हजार ३ सय २२ संक्रमित भएका छन् । त्यसमा मृत्यु हुनेको संख्या ५५ हजार ४ सय १५ छ । निको भएर फर्किनेको संख्या १ लाख १८ हजार ७ सय ८१ छ । अमेरिकामा कोरोना डढेलोसरी फैलिरहेको छ । अमेरिकामा एकै दिनमा २६ हजार ४ सय २६ नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा कोरोना संक्रमणबाट आइतबार एकै दिनमा १ हजार १ सय ५० को मृत्यु भएको छ ।
अमेरिकामा डढेलोसरी फैलिएको कोरोना संक्रमणबाट नेपालीहरु त्रसित छन् । केही महिनाका लागि घुम्न गएका, पढ्न गएका तर पैसा सकिएकाहरु नेपाल फर्कन चाहन्छन् । नेपालमा कोरोना संक्रमण नफैलिएकाले सुरक्षित हुने देखेर स्थायी बसोबास गर्नेहरु पनि फर्किन पाए बाँचिन्थ्यो कि भन्ने आशामा छन् । आफन्तले बोलाएर केही महिना अमेरिका घुम्न गएकाहरु पनि फसेका छन् । यसरी फसेकामध्येकै हुन्, अभिभावक महासंघ नेपालका अध्यक्ष सुप्रभात भण्डारी । उनका अनुसार अमेरिकामा घुम्न गएका, पढ्न गएका तर पैसा सकिएकाहरु स्वदेश फर्किन चाहिरहेका छन् । यसरी घुम्न गएकामध्ये नेपाल सरकारका वर्तमान र पूर्व उच्च प्रशासकहरु पनि छन् । स्थायी बसोबास गर्ने अनुमति पाएकाहरु पनि नेपालमा सुरक्षित हुने देखेर फर्कनका लागि प्रयासरत छन् ।
नेपाल फर्किनका लागि सबै खर्च आफंैले ब्यहोर्न तयार भएकाहरु २ सय ८४ जनाको नामावली संकलन भइसकेको भण्डारीले जानकारी दिए । अमेरिकाका टेक्सास, भर्जिनियाँ, न्यूयोर्क लगायतका सहरमा मात्र संकलन भएको नाम हो यो । नेपालीहरुका संघसंस्थाले नेपाली राहदानीबाहकलाई सरकारले स्वदेश फर्काउन पहल गर्नुपर्ने पक्षमा अमेरिकास्थित नेपाली दूताबासमा समेत पटक पटक ध्यानाकर्षण गराइरहेका छन् । नेपाली मूलका स्थायी नागरिक जो फर्कन चाहन्छन्, उनीहरुलाई समेत फर्काउनुपर्नेमा पासपोर्ट बाहकलाई समेत फर्काउन नेपालबाट पहल हुन नसकेको गुनासो अमेरिकामा त्रासमा बाँचिरहेका नेपालीको छ ।
घुम्न गएकाहरुमध्ये अधिकांश सुगर, प्रेसर जस्ता रोग लागेर नियमित औषधि सेवन गर्नेहरु पनि छन् । उनीहरुले नेपालबाट लगेको औषधि सकिसकेको छ । अमेरिकामा औषधि धेरै महंगो भएकाले पनि उनीहरु नेपाल फर्किन आतुर छन् । नेपालमा २ सय रुपैयाँ पर्ने औषधि अमेरिकामा २ सय डलर नै मूल्य पर्छ । अमेरिकाबाट नेपाल फर्किनेहरुलाई जहाजमा आउन दिनुपर्ने आवाज एनआरएन अमेरिकाले पनि उठाउँदैआएको छ । स्वदेश फर्किएपछि क्वारेन्टाइन बस्नेदेखि सबै प्रक्रिया पूरा गराउनेगरी फर्काउनका लागि सरकारले पहल लिनुपर्ने अमेरिकाका नेपालीहरुको छ ।
अमेरिकामा जहाज चलिरहेका छन् । जहाज भाडा सरकारले खर्च गर्नुपर्दैन, आफैं ब्यहोर्न तयार छौं भनिरहेको बेला सरकारले नेपालीलाई स्वदेश आउन अनुमति दिनुपर्ने, रोक्नु नहुने भण्डारी बताउँछन् ।
काठमाडौँ। सरकारले आज अपराह्न ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्न लागेको हो। बैठकमा विभिन्न मन्त्रालयबाट मन्त्रिपरिषद्मा पेस भएका...
काठमाडौँ। नेपाली कांग्रेसले निर्वाचन आयोगसमक्ष नवनिर्वाचित केन्द्रीय कार्यसमितिको विवरण बुझाएको छ। कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई आयोगमा अध्यावधिक गरिएको हो। निर्वाचन आयोगका...
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले महाअभियोगको विषयमा सत्तापक्षको धारणा र तयारी हेरेपछि मात्रै विपक्षी दलहरूले आफ्नो धारणा बनाउने बताएका छन्...
काठमाडौं। विपक्षी दलहरूको बैठकले तत्काल सङ्घीय संसद्को बैठक बोलाउन सरकारलाई आह्वान गर्ने निर्णय गरेको छ। सोमबार सिंहदरबारस्थित नेपाली काङ्ग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकमा बिचौलियासँग...
काठमाडौँ। नेपाली कांग्रेसको आह्वानमा प्रतिपक्ष दलको बैठक सुरु भएको छ। सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा प्रतिपक्ष दलको बैठक सुरु भएको हो। बैठकमा कांग्रेस संसदीय दलका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend