काठमाडौं । एमालेका नेता महेश बस्नेतले पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यसहितका नेताहरुलाई केपी शर्मा ओलीलाई अध्यक्षबाट बिस्थापित गर्न चुनौती दिएका छन् ।
एमाले अध्यक्ष ओलीलाई लिएर चुनावमा जान सकिंदैन भन्ने उपाध्यक्ष शाक्यको अभिब्यक्तिको जवाफमा बस्नेतले ओलीलाई महाधिवेशनमा पराजीत गर्न चुनौती दिएका छन् ।
एमालेभित्र अहिले एउटा प्रश्न जबर्जस्त उब्जिएको उल्लेख गर्दै उनले प्रश्न गरेका छन्–‘आगामी निर्वाचनमा केपी शर्मा ओलीको व्यक्तित्व पार्टीका लागि उपयुक्त हो कि, अष्टलक्ष्मी शाक्य, विद्या भण्डारी, युवराज ज्ञवाली, ईश्वर पोखरेल वा योगेश भट्टराईको अनुहार लिएर अघि बढ्दा राम्रो होला ?’
सामाजिक संजालमा बिहीबार बिहान बस्नेतले लेखेका छन्–अष्टलक्ष्मी शाक्यले भन्नुभएछ केपी ओलीले लिएर चुनावमा जान सकिँदैन !
एमालेभित्र अहिले एउटा प्रश्न जबर्जस्त उब्जिएको छ !
आगामी निर्वाचनमा केपी शर्मा ओलीको व्यक्तित्व पार्टीका लागि उपयुक्त हो कि, अष्टलक्ष्मी शाक्य, विद्या भण्डारी, युवराज ज्ञवाली, ईश्वर पोखरेल वा योगेश भट्टराईको अनुहार लिएर अघि बढ्दा राम्रो होला ?
आगामी मङ्सिर २७, २८, २९ गते पोखरामा हुने महाधिवेशनले अवश्य नै छिनोफानो गर्नेछ ।
सो अधिवेशनमा आफ्नो वैकल्पिक क्षमता देखाउन नसक्ने, खाली नेतृत्वको विरोध गर्ने यो पंक्तिका नेताहरूको हैसियत के हुने हो अवश्य देखिनेछ ?
पार्टीभित्र उहाँहरूले खेलिरहनुभएको भूमिका सधैं प्रभावकारी र सकारात्मक थियो, कि भित्रभित्र गुटबन्दी र गलत भूमिका खेल्दै सर्पझैं मौन रहँदै अवसर कुरिरहनुभएको मात्र हो ?
अब परिस्थिति प्रतिकूल बनेको बेला यही मौका हो भनेर अध्यक्ष केपी शर्मा ओलीलाई विस्थापित गर्ने पार्टी बदनाम गराउने र आफ्ना लाभका प्राप्तितर्फ लाग्ने कराउन थालेका हुन् कि त ?
आम कार्यकर्ताले विवेकपूर्ण फैसला गर्ने समय आएको छ ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend