Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुनको भाउ २९०० रुपैयाँले घट्यो, तोलाको कति पुग्यो ?


    मंगलबार, कार्तिक ११ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य तोलामा २९०० रुपैयाँ घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार २ लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन आज घटेर प्रतितोला २ लाख ३७ हजार रुपैयाँ कायम भएको हो ।

    यसअघि सोमबार सुन तोलामा दुई लाख ३९ हजार ९०० मा किनबेच भएको थियो । त्यस्तै आज चाँदीको मूल्य समेत घटेको छ ।

    सोमबार २ हजार ९८० रुपैयाँमा किनबेच भएको चाँदीको मूल्य आज २ हजार ९२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार