Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • अमेरिकामा कोरोनाबाट ४ लाख ७९ हजार बढीकाे मृत्यु


    बुधबार, माघ २८ २०७७
    755
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अमेरिकामा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ७९ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ३ हजार २६५ संक्रमितको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ४ लाख ७९ हजार ७७२ पुगेको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा ९५ हजार ५४२ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो । पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड ७७ लाख ९९ हजार नाघेको छ ।

    संक्रमितमध्ये अहिलेसम्म १ करोड ७६ लाख ३९ हजार २१७ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ९६ लाख ८० हजार ९५७ जनामध्ये २१ हजार ४६० जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार