Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उदयपुरमा कोरोना संक्रमित बढेपछि सिरहामा चिन्ताः स्वाब संकलन तीव्र


    आइतबार, बैशाख १४ २०७७
    610
    Shares
  • २ मिनेट पाठ
  • सिरहा, १४ बैशाख । छिमेकी जिल्ला उदयपुरमा कोरोना सङ्क्रमितको संख्या बढ्दै गएपछि सिरहाका विभिन्न ६ स्थानीय तहमा स्वाब नमूना संकलन कार्यलाई तीव्रता दिएको छ । उदयपुरको भुल्केको मस्जिदमा बसेका ११ जनामा कोरोना संक्रमण देखिएको थियो । त्यसपछि पनि उदयपुरमा क्रमिक रुपमा कोरोना संक्रमितको संख्या बढेपछि सिरहामा चिन्ता बढेको हो । 

    छिमेकी जिल्ला उदयपुरमा संक्रमण फैलिएपछि स्वास्थ्यकर्मीको टोलीले सिरहा नगरपालिका, लहान नगरपालिका, मिर्चैया नगरपालिका, गोलबजार नगरपालिका र कल्याणपुर नगरपालिका तथा अर्नामा गाउँपालिकामा स्वाब सङ्कलन कार्यलाई तीव्रता दिएको हो ।

    स्वास्थ्यकर्मीको टोलीले पहिलो दिन शनिबार मात्रै लहान नगरपालिकामा ६९, गोलबजार नगरपालिकामा ६४, मिर्चैया नगरपालिकामा ६० र अर्नमा गाउँपालिकामा ५० गरी २४३ जनाको स्वाब सङ्कलन गरेको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईले जानकारी दिए ।

    गोलबजार नगरपालिकाको ६४ मध्ये १० जना धनगढीमाई नगरपालिकाका रहेको गोलबजार स्वास्थ्य शाखा प्रमुख सरोजकुमार कर्णले जानकारी दिए । सिरहा नगरपालिका र कल्याणपुर नगरपालिकामा आज स्वाब सङ्कलन गरिने जनाइएको छ ।

    नेपाली सेना, मेडिकल ल्याब एशोसिएसन अफ नेपाल ९मेलान० र इडिसिटीबाट आएको प्राविधिक टोलीले स्वाब संकलन गरिरहेका छन् ।

    उदयपुर जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सिरहामा उच्च सतर्कता अपनाउँदै पिसीआर प्रविधिबाट परीक्षण गर्न स्थानीय तहमा स्वाब सङ्कलन शुरु गरिएको प्रजिअ गुरागाईले जानकारी दिएका छन् । सङ्कलित स्वाबको नमूना परीक्षणका लागि एम्बुलेन्सबाट शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकु काठमाडौं पठाइएको प्रजिअ गुरागाईले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार