काठमाडौं । नेपालको जेनजी समूहले जस्तै भारतको लद्दाखलाई छुट्टै राज्यको दर्जा दिनुपर्ने माग राखेर भएको हिंसात्मक झडपमा २ जनाको ज्यान गइसकेको छ । थुप्रै प्रदर्शनकारी घाइते भएका छन् । सत्तारुढ भारतीय जनता पार्टीका कार्यालयदेखि कतिपय संरचना तोडफोड भएपछि लद्दाखका सामाजिक अभियन्ता सोनम वाङचुकलाई शुक्रबारै पक्राउ गरिएको छ ।
म्यागासेसे पुरस्कार प्राप्त गरेका वाङचुक नेपालमा आएर हालका शिक्षामन्त्री समेत रहेका आविस्कार केन्द्रका महावीर पुनलाई भेटेका थिए । १६ चैत, २०७७ मा नेपालमा आएका उनले पुनलाई आविस्कार केन्द्रमै गएर भेटेका थिए । ४५ मिनेट उनीहरुबीच कुराकानी भएको महावीर पुनले नै मिडियामा खुलासा गरेका थिए । शिलापत्र डटकममा १८ चैत, २०७७ मा महावीर पुनसँग फोनमा कुराकानी गरी १६ चै, २०७७ मा कीर्तिपुरस्थित आविस्कार केन्द्रमै भेट्न आएको समाचार प्रकाशित भएको थियो ।
लद्दाखलाई अलग राज्यको घोषणाको मागलाई लिएर अनसन बसिरहेकै समयमा हिंसा भड्कियो । वाङचुकले अनसन तोड्नुपरेको थियो । प्रदर्शन हिंसात्मक बनेर तोडफोड र आगजनी भएपछि उनले अनसन तोडेका थिए ।
वाङचुक पहिला जम्मु काश्मिरबाट लद्दाखलाई अलग गराउन आन्दोलनमा लागेका थिए वाङचुक । ३१ अक्टोबर २०१९ मा लद्दाख जम्मु काश्मिरबाट अलग भएको थियो ।
पर्यावरणविद्समेत रहेका वाङचुक सन् २०१९ पछि केन्द्र शासित लद्दाखलाई अलग राज्य घोषणा गराउनका लागि लागेका छन् ।
वाङचुकको एनजीओले विदेशी विनियम कारोबारको अनुमति नलिई अमेरिकी सहयोग लिएको, पाकिस्तानबाट समेत परिचालित रहेको आरोप लगाउँदै उनलाई पक्राउ गरेको भारतीय संचारमाध्यमले जनाएका छन् । उनलाई पक्राउ मात्र गरिएको छैन, उनको एनजीओको दर्तासमेत खारेज गरिएको छ । उनलाई एक बर्षदेखि २ बर्षसम्म धरौटीसमेत नपाउने कानुन लगाएर थुनामा राख्न लागिएकोमा भारतमा बिरोध भइरहेको छ । अभिनेता प्रकाश ए राजले उनलाई थुन्ने कार्य गलत भएको प्रतिक्रिया दिएका छन् ।
सन् २०१८ रामन म्यागेसेसे पुरस्कार पाएका सोनाम भारतको उत्तर पश्चिम हिमाली क्षेत्रमा जलवायु परिवर्तन शिक्षासम्बन्धी काम गर्ने आविष्कारक हुन् ।
महावीर पुन पनि म्यागेसेसे पुरस्कारबाट सम्मानित व्यक्ति हुन् । लद्दाखमा सोनम वाङचुकले ‘स्टुडेन्ट एजुकेसनल एण्ड कल्चरल मुमेन्ट अफ लद्दाख’ स्थापना गरेका छन् ।
त्यसो त उनले सरकारी विद्यालयमा सुधार गर्न सन १९९४ मा अपरेशन न्यू होप पनि सुरु गरेका थिए । गत वर्ष भारत र चीनबीच लद्दाख क्षेत्रमा तनाव बढेको समयमा उनले सोलार हिटेड टेन्ट बनाएका थिए ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend