काठमाडौं । अवैध प्लटिङ गर्न लागेको ४ हजार रोपनी सरकारी जग्गा उपत्यका विकास प्राधिकरण काठमाडौं जिल्ला कार्यालयले रोक्का राखेपछि त्यो फुकुवा गराउन भूमाफियाहरु सल्बलाएका छन् ।
अरबौं मूल्यका ती अबैध प्लटिङमा लगानी गर्नेहरु साम,दाम दण्डभेदको नीतिका साथ फुकुवा गराउन लागेका छन् । र, अरब खर्च गरेर भए पनि उक्त जग्गा फुकुवा गराउन काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकाल, नायब विकास आयुक्त लीला खतिवडा र कर्मचारीलाई प्रलोभनमा पारेर अबैध प्लटिङ खुलाउन लागेका छन् ।
४ हजार रोपनी अबैध प्लटिङको जग्गा कानुनी दायरामा ल्याएर मात्र मापदण्डबमोजिम अनुमति दिंदा सरकारको नाममा १ हजार रोपनी जग्गा आउँछ । तर, मापदण्ड अनुसार जग्गा प्लानिङ अनुमति लिंदा १ हजार रोपनी सरकारका नाममा आउने भएपछि भूमाफियााहरु काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्तसँग सेटिङ गरी फुकुवा गराउन ठूलो धनराशी खर्च गरी लागेका हुन । योजना अनुमतिको दायरामा नल्याई वडा कार्यालयहरुसँग मिलेर फुकुवा गराउने र अबैध प्लटिङ गर्न भूमाफिया लागेका छन् ।
काठमाडौं जिल्ला आयुक्तसमेतको मिलेमतोमा रोकिएको अबैध प्लटिङ फुकुवा गर्ने प्रपन्च भइरहेको छ । रोक्का राखिएको काठमाडौं जिल्लाको ४ हजार रोपनी जग्गाको अबैध प्लटिङ फुकुवा गर्नका लागि भइरहेको सेटिङका बारेमा सहरी विकास मन्त्री कुलमान घिसिङ बेखबर नै छन् । यही मौकामा भूमाफियाहरु दशैंअघि नै अबैध जग्गा प्लटिङ योजना अनुमतिको दायरामा नल्याई फुकुवा गराउन चलखेलमा लागेका छन् ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend