Nepal Face
  • आइतबार, १० साउन २०८३
  • म्यानमारमा सैनिक ‘कु’ विरुद्ध विशाल प्रदर्शन


    सोमबार, माघ २६ २०७७
    990
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । म्यानमारमा सैनिक ‘कु’ विरुद्ध दशकयताकै सबैभन्दा ठूलो प्रदर्शन भएको छ । त्यहाँ सैनिक ‘कु’ विरुद्ध १०औं हजार मानिस सडकमा उत्रिएको बिबिसीले जनाएको छ ।

    सडकमा उत्रिएका मानिसले सेनाको निर्णयको विरोध गर्दै नेत्री आङ साङ सुकीलाई तत्काल रिहा गर्न माग  गरेका छन् । ‘हामी सैनिक तानाशाह चाहँदैनौं । हामी प्रजातन्त्र चाहन्छौं,’ मुख्य सहर याङ्गुनमा आयोजित ¥यालीमा सहभागीले नारा लगाउँदै भनेका छन् ।

    ‘कु’ पछि त्यहाँको सेनाले इन्टरनेट सेवा रोकेको थियो । उक्त सेवा आइतबार खुलाइएको छ ।

    सेनाले नोभेम्बरमा भएको निर्वाचनमा धाँधली भएको बताउँदै केही दिनअघि निर्वाचित प्रतिनिधिलाई नियन्त्रणमा राखेर सत्ता हातमा लिएको हो । सत्ता हातमा लिएपछि सेनाले एक वर्षका लागि संकटकाल घोषणा गरेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार