Nepal Face
  • आइतबार, १० साउन २०८३
  • र्यापिड टेष्ट रिपोर्ट पोजेटिभ देखिएकी युवतीको मृत्यु


    आइतबार, बैशाख १४ २०७७
    885
    Shares
  • १ मिनेट पाठ
  • बीरगंज, १४ वैशाख ।  र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) पोजेटिभ देखिएकी एक युवतीको मृत्यु भएको छ । र्यापिड टेष्टमा पोजेटिभ देखिएकी  वीरगञ्ज १० अशोक बाटिका बस्ने २३ वर्षीया युवतीको मृत्यु भएको हो । 

    उनमा आरडीटी रिपोर्ट पोजेटिभ देखिएपछि थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षणका लागि हेटौंडास्थित प्रादेशिक प्रयोगशालामा पठाइएको छ । पीसीआर रिपोर्ट नआउँदै उनको मृत्यु भएको हो । उनको सब नारायणी अस्पतालमा राखिएको छ । 

    आरडीटी टेष्टमा पोजेटिभ रिपोर्ट आएपछि आइसोलेसनमा राख्ने तयारी गर्दागर्दै मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ  । मृत्यु भएकी युवती ब्लड क्यान्सरको बिरामी रहेको खुलेको छ । 
    पारिवारिक स्रोतले दिएको जानकारी अनुसार उनलाई स्वास्थ्यमा समस्या देखिएपछि ०७६ चैत ५ गते चितवनको भरतपुर क्यान्सर अस्पतालमा लगिएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार