Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रौतहटमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन


    आइतबार, माघ २५ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • रौतहट । रौतहटको सदरमुकाम गौरमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ । राष्ट्रिय जनता पार्टीका नेता तथा कार्यकर्ताले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका हुन् ।

    पुत्ला दहनका क्रममा उनीहरुले सरकार विरोधी विभिन्न चर्का नारा समेत लगाएका थिए। केपी ओली नेतृत्वको सरकारले गरेको संसद विघटन र संवैधानिक निकायमा भएको असंवैधानिक नियुक्तिको विरोध गर्दै उनीहरुले पुत्ला दहन गरेका थिए ।

    संसद पुनःस्थापना र नियुक्ति बदर नभएसम्म आन्दोलन जारी रहने कार्यक्रममा सहभागी राजपाका जिल्ला संयोजक धर्मेन्द्र पटेलले बताए ।

    विरोध कार्यक्रममा पटेलका साथै गौर नगर प्रमुख अजय गुप्ता , जिल्ला समन्वय समितिका उपसभापति रामआशीस यादव लगायत कानेता कार्यकर्ताको सहभागिता थियो । गौर स्थित विपी चोकबाट सुरु भएको र्याली नगर क्षेत्र हुँदै पुनः विपी चोकमै पुगेर कोणसभामा परिणत भएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार