बारा । जिल्ला प्रहरी कार्यालय बाराले स्रोत नखुलेको ४९ लाख रुपियाँसहित दुई जनालाई पक्राउ गरेको छ ।
बाराको फेटा गाउँपालिका- ५ जोतपुरटोल नेपाल–भारत सीमाक्षेत्र दशगजा नजिकैबाट नेपालतर्फ आउँदै गरेको बिआर ०५ वाई ६४१७ नम्बरको भारतीय मोटरसाइकल जाँच गर्ने क्रममा ४९ लाख रुपियाँसहित दुई जनालाई पक्राउ गरेको हो ।
उनीहरुलाई आइतवार पत्रकार सम्मेलनमार्फत जिल्ला प्रहरी कार्यालय बाराले सार्वजनिक गरेको छ। स्रोत नखुलेको उक्त रकमसहित भारत घर भएका २६ वर्षीय अरबिन्द महतोसहित २ जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले बताएको छ।