Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • काठमाडौंसहित देशका विभिन्न भागमा बर्षासँगै चिसो बढ्यो, जुम्ला र ढोरपाटनमा हिमपात


    शनिबार, माघ २४ २०७७
    960
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • म्याग्दीको अन्नपूर्ण, हिस्तामा परेको हिउँ

    काठमाडौंं । शुक्रबारदेखि चिसो बढेको छ । देशका विभिन्न भागमा बर्षासागै हिमपात पनि भएको छ । काठमाडौंमा शुक्रबारदेखि नै चिसो बढेको हो । मौसम परिवर्तनसँगै शुक्रबार काठमाडौंमा हल्का बर्षा भएपछि चिसो झन् बढेको छ ।

    शनिबार पनि काठमाडौंको मौसम सफा छैन । बिहान ११ बजेसम्म घाम लागे पनि त्यसपछि मौसम बदली भई १ बजेबाट हल्का बर्षा भएको छ ।

     जुम्लामा हिमपात भएको छ । देशका उच्च हिमाली क्षेत्रका विभिन्न गाउँ हिउले सेताम्य भएका छन् ।

    म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ७ हिस्तामा हिमपात भएको छ । वर्षासँगै बढेको चिसोको कारण म्याग्दीको मध्य भागसम्म नै भारी हिमपात भएको छ ।

    बागलुङ जिल्लामा हिमपात र वर्षा भएको छ । जिल्लाको पर्यटकीयस्थल ढोरपाटनमा हिमपात भएको छ भने अन्य स्थानमा वर्षा भएको हो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार