Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • गोदावरी नगरसभाले सामाजिक समावेशी नीति पारित 


    शुक्रबार, माघ २३ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • ललितपुर ।  गोदावरी नगरसभाले नगरविकास स्वयंसेवक परिचालन कार्यविधि, नगरस्तरीय विपद् प्रतिकार्य तथा पूर्वतयारी योजना र नगरस्तरीय लैङ्गिक तथा समान सामाजिक समावेशी नीति २०७७ लाई पारित गरेको छ ।

    यसैगरी सभामा विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि , व्यवसाय करसम्बन्धि कार्यविधि , घरजग्गा बहालकर व्यवस्थापन कार्यविधि , सहकारी नियमावलि तथा सहकारी कार्यविधि , खानेपानी उपभोक्ता समिति सञ्चालन कार्यविधि र जग्गा खण्डीकरण तथा मापदण्ड निर्धारण कार्यविधि माथि छलफल भएकोे नगर उपप्रमुख मुना अधिकारीले जानकारी दिनुभयो ।

    नगरपालिका प्रमुख गजेन्द्र महर्जनले चालु आर्थिक वर्षको आठौँ हिउँदे नगरसभामा अर्ध वार्षिक कार्यप्रगति विवरण समीक्षा गर्नुभएको थियो । नगरसभाले पारित गरेका केही बजेटका शीर्षक संशोधन तथा रकमान्तर पनि समेत गरेको थियो । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार