काठमाडौं । प्रधानमन्त्री केपी ओली आफ्नो सरकारले गरेका अनियमितताका बिरुद्ध लेख्ने संचारमाध्यमप्रति कति अनुदार छन् भन्ने दृष्टान्त आज उनी अध्यक्ष रहेको नेकपाले गरेको दरबारमार्ग सभामा देखिएको छ ।
ओली नेकपाको आजको सभामा पत्रकारको लागि छुट्याएएको स्थानमा जानबाट स्वयंसेवकहरुले कान्तिपुरकी पत्रकार बिनु सुवेदीलाई रोकेका छन् । स्वंयंसेवकले परिचयपत्र हेरेपछि कान्तिपुर देखेपछि सुवेदीलाई रोेकेका थिए । पत्रकारका लागि मन्चमा छुट्याएको स्थानमा जानबाट रोकिएपछि सुवेदीले ओली समूहका नेता सुवाचन्द्र नेम्वाङलाई फोन गरिन् ।
नेम्वाङको अनुरोधपछि मात्र उनलाई पत्रकारको लागि छुट्याइएको स्थानमा जान दिइएको थियो । पत्रकार सुवेदीले ओली नेकपाले गर्न लागेको नारायणहिटीको सभाको फोटो फेसबु्कमा राखी आफूलाई रिपोर्टिङ स्थलमा जानबाट रोकिएको र नेम्वाङलाई भनेपछि मात्र जान दिइएको उल्लेख गरेकी छन् ।
ओली सरकारले सेक्युरिटी प्रेस खरिददेखि यति समूहलाई राज्यको अरबौंको जमिन कौडीको मूल्यमा सुम्पिएको बिषय र जग्गा नै अधिग्रहण नगरी रेलको ठेक्का दिएर अरबौं रुपैयाँ घोटाला गरेको समाचार संचारमाध्यमले निरन्तर प्रकाशित गरेपछि उनी रुष्ट छन् । ओलीले गरेका भ्रष्टाचारका बिषयमा समाचार लेख्ने पत्रकार उनका लागि परम शत्रु नै भएका छन् ।
ओलीका अति निकट महेश बस्नेतले त पत्रकारलाई ठेगान लाउने धम्की दिइसकेका छन् । महेश बस्नेतले कान्तिपुरका सम्पादक सुधीर शर्माको सम्पत्ति समेत छानबिन गर्ने भाषण गरेका छन् ।