काठमाडौं । सरकारले गरेको सामाजिक सञ्जाल बन्द र देशमा व्याप्त भ्रष्टाचार तथा बेथितिविरुद्ध जेनजी पुस्ताले आज काठमाडौंमा शान्तिपूर्ण विरोध प्रदर्शन गर्दैछ ।
सोमबार बिहान ११ बजे काठमाडौंको माइतीघर क्षेत्रमा भेला भएर जेनजी पुस्ताले प्रदर्शन गर्न लागेको हो । सरकारले फेसबुकसहितका २६ वटा सामाजिक सञ्जाल बन्द गरेपछि जेनजी पुस्ता प्रदर्शनमा उत्रन लागेको हो ।
जेनजी युवापुस्ताका तर्फबाट आइतबार सूचना जारी गर्दै प्रदर्शन शान्तिपूर्ण हुने भनिएको छ। उक्त सूचनामा सवल गौतम र पुरुषोत्तम यादवको हस्ताक्षर छ ।
जेनजीको सूचनामा भनिएको छ, ‘जवाफदेही, पारदर्शिता र सुधारको आन्दोलनका लागि शान्तिपूर्ण कानुनी र अडिग भएर उभिएका छौँ । हाम्रो मिसन स्पष्ट छः भ्रष्टलाई जवाफदेही बनाउने, सरकारमा पारदर्शीता सुनिश्चित गर्ने र प्रशासनिक प्रणालीलाई साँच्चै कानुनी र राजनीतिक हस्तक्षेपविहीन बनाउने ताकि भ्रष्टाचारलाई निस्प्रभावि पार्न सकियोस् र न्याय, शान्ति र विकास सम्भव होस् ।
सन १९९७ देखि २०१२ को बीचमा जन्मिएको पुस्तालाई जेनजी पुस्ता भन्ने गरिएको छ । आजको प्रदर्शनमा २८ वर्ष उमेरसम्मका युवाहरू सहभागी हुने बताइएको छ ।
‘नेप्लिज स्टुडेन्ट्स फर जस्टिस’को आयोजनामा हुन लागेको प्रदर्शनमा विभिन्न संघसंस्था र व्यक्तिहरूले पनि ऐक्यबद्धता जनाएका छन् ।
माइतीघरदेखि नयाँबानेश्वरको एभरेस्ट होटलसम्मको बीचमा जेनजी पुस्ताले शान्तिपूर्ण प्रदर्शनको तयारी गरेको छ । जेनजी पुस्ताको प्रदर्शनलाई काठमाडौं महानगरका प्रमुख बालेन साह र रास्वपाका सभापति रवि लामिछानेले समर्थन जनाइसकेका छन् । नख्खु जेलमा रहेका सभापति लामिछानेले सामाजिक सञ्जाल बन्दविरुद्ध आन्दोलनरत ‘जेनजि’ पुस्तालाई समर्थन गर्दै खुला पत्र नै लेखेका छन् ।
बिद्यार्थी पोसाक लगाएर परिचयपत्रसहित माइतीघर मण्डलामा उपस्थित भएर देशमा व्याप्त भ्रष्टाचार र बेतिथि अन्त्यका लागि खबरदारी गर्नसमेत उनीहरूले आह्वान गरेका छन् ।
उनीहरूले आफ्नो आन्दोलनमा कुनै पनि राजनीतिक दल वा नेताको नेतृत्व नरहने बताएका छन्। आन्दोलनमा जेनजी पुस्ता तथा विद्यार्थी मात्रै सहभागी हुने उनीहरूको भनाइ छ ।
प्रहरीले भने जेनजी युवा पुस्ताको प्रदर्शनमा घुसपैठ हुनसक्ने अनुमानसहित सुरक्षा सतर्कता बढाएको छ । आइतबार साँझ जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले जेनजीको प्रदर्शनमा घुसपैठ हुनसक्ने आँकलन गरेको हो ।
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदीलय बैठक बोलाएका छन्। पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार शीर्ष नेतृत्वबीचको सर्वदलीय बैठक बुधबार बस्न लागेको हो। बैठक...
काठमाडौं । नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहलाई संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुनुअघि सर्वदलीय बैठक राख्न सुझाव दिएका छन् । मंगलवार...
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक विवाद अन्त्य गरी एकताबद्ध भएर अघि बढ्न अपिल गरेका छन् । देउवाले मंगलबार ७ बुँदे अपिल...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ताहिर अली भाटले आइतबार दिँदै आएको सार्वजनिक बिदा कटौती गर्न सरकारसँग माग गरेका छन् । आज मंगलवार बसेको...
काठमाडौं। नेपाली कांग्रेसले निर्वाचन निर्देशिका २०८३ जारी गरेको छ। पार्टीको १५ औं महाधिवेशनलाई मर्यादित,व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यले केन्द्रीय निर्वाचन समितिले नयाँ निर्देशिका जारी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend