काठमाडौं । जेनजी पुस्ताको आन्दोलनपछि गठन भएको सुशीला कार्की नेतृत्वको सरकारलाई भारत र बंगलादेशले बधाइ तथा शुभकामना दिएका छन् । अर्को विशाल छिमेकी चीनले कार्की नेतृत्वको सरकारलाई बधाइ तथा शुभकामना दिइसकेको छैन । चीन भन्दा अगाडि कार्की नेतृत्वको सरकारलाई तिब्बती धर्मगुरु दलाई लामाले बधाइ दिएका छन् ।
यसअघिका नेपालमा गठन भएका कुनै पनि सरकारलाई दलाई लामाले बधाइ दिएका थिएनन् । तर कार्की नेतृत्वको सरकारलाई भने लामाले गठन भएको भोलिपल्टै शनिबार बधाइ दिएको समाचार भारतीय मिडियाले सार्वजनिक गरेका छन् । एक चीन नीतिप्रति नेपाल सधैं अडिग रहेको परिप्रेक्ष्यमा नवनियुक्त प्रधानमन्त्री कार्कीलाई दलाई लामाको बधाइ आउनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
अमेरिकी एनजीआले फन्डिङ गरेको हामी नेपाल भन्ने संस्थाका सुधन गुरुङलाई जेनजी पुस्ताको प्रदर्शनको कमाण्डरको रुपमा प्रस्तुत गरिनु, गुरुङले काठमाडौंका मेयर बालेन साहका सल्लाहकार ओमप्रकाश अर्याललाई वार्तामा अगाडि सार्नु र उनले सुशीला कार्कीलाई प्रधानमन्त्रीका रुपमा अगाडि सार्नुलाई संयोगमात्र त होइन कि भन्ने आशंका ब्याप्त छ ।
दलाई लामाले नवनिवयुक्त अन्तरिम प्रधानमन्त्री कार्कीलाई बधाई तथा शुभकामना दिंदै भनेका छन्–‘नेपालको यो चुनौतीपूर्ण समयमा नेपाली जनताको आशा र चाहाना पूरा गर्न सफलताको शुभकामना व्यक्त गर्दछु ।’
नेपाल र तिब्बतीहरूको ऐतिहासिक रूपमा मित्रवत सम्बन्ध भएको पनि लामाले उल्लेख गरेका छन् ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend