आभूषण तिम्सिना
दुई महिनामा धेरै केही गर्न सकिँदैन । पहाड पल्टियो भनेमात्रै हो, नत्र म्याद लम्बिने पनि सम्भावना देखिँदैन । तपाइँले ‘बनाउँछु भन्नुभएको किरियापुत्री भवन त सुरु पनि हुन्छ कि हुँदैन, थाहा छैन ।
तपाईंले भौतिक सुधारका कुरामा ध्यान कम तर पेशागत व्यवसायिकताको विषय सुधारमा धेरै ध्यान दिनु उपयुक्त हुन्छ । जस्तै अहिले नेपाल प्रहरीका मुद्दा अनुसन्धान गर्ने कार्यालयहरूमा हजारौँको संख्यामा जघन्य, गम्भीर प्रकृतिका मुद्दाहरू पेण्डिङमा छन् । तिनीहरूको अविलम्ब अनुसन्धान सुरु गराउने निर्णय गर्नुस् ।
नेपाल प्रहरीका गाडीहरूका प्रदूषण पास गराउने काम गर्नुस् । गाडीहरूको दर्ता नवीकरण कार्य सुरु गराउनुस् । सबै सरकारी सवारी साधनहरूको बीमा अद्यावधिक गराउनुस् । म्याद नाघेका अश्रुग्याँस सेलहरूलाई तत्कालै नष्ट गराउने काम गर्नुस् ।

प्रहरीका सबै चौकी तहका इकाइहरूमा फलोअर्स राख्न सुरु गर्नुस्, ताकि दुर्गम स्थानमा कार्यरत जवानहरूले तातो भात समयमा खान पाऊन् । प्रहरीका अस्थायी पोस्टहरू, जसको दरबन्दी आएको छैन अथवा पटक–पटक माग्दा पनि सरकारले दरबन्दी स्वीकृत गर्दैन, ती स्थानहरूबाट यदि नयाँ दरबन्दी स्वीकृत सरकारले गर्दैन भने तत्कालै प्रहरी हटाउने आदेश दिनुस् ।
दरबन्दीभन्दा कम रहेका प्रहरी इकाइहरूमा दरबन्दी पूर्ति गर्ने तत्काल थालनी गर्नुस् । सरुवा बढुवा नगर्नुस् तर दरबन्दीका मानिसलाई दरबन्दीमा खटाउने कार्यको कडाइका साथ सुरुवात गर्नुस् । प्रहरी ऐन र नियमावलीले दिएका अधिकारहरूको प्रयोग, सदुपयोग, उपयोग गर्न सुरुवात गर्नुस् ।
अहिले सामाजिक सञ्जालमा बग्रेल्ती आउने गरेका ‘खापुङ यस्ता’, ‘खापुङ उस्ता’ भनेर आउने बेकारका वस्तुहरूलाई सकेसम्म कम गराउनुस् । विवादास्पद मानिसहरूसँग सामाजिक सञ्जालमा तस्बीरहरू आउन सक्छन्, तीप्रति सचेत हुनुस् ।
फोटो खिचाएर ‘फलानो दाइ र भाउजू’, ‘फलानो अंकल’ भनेर सामाजिक सञ्जाल भर्नेहरूलाई निरुत्साहित गर्नुस् । प्रहरीले खाना बनाउन तोकेको सूचना, फ्लस गर्न तोकेको सूचना जस्ता कुराहरू हटाउनुस् ।
नेपाली जनता सबैले तपाईंको घरमा मेरो घरमा जस्तै समयमा पकाएर खानसक्ने अवस्था छैन, कामबाट फर्किएर हतार हतार खाना बनाएर खाएर अर्को वैकल्पिक काममा जानुपर्ने बाध्यतामा जनता छन् । होइन भने खोज्नुस् त — नेपाल प्रहरी प्रधान कार्यालयमा कार्यरत धेरैजसो प्रहरी कर्मचारीहरू सहायक कामको रूपमा अन्य काम गर्छन कि गर्दैनन् ?
नेपाल प्रहरीको काठमाडौंस्थित तालिम केन्द्र, गण, प्रधान कार्यालयमा कार्यरत कर्मचारीहरूमध्ये कति त सरुवा भएर काठमाडौं छाड्नुपर्ने भयो भने जागिर नै छाड्ने भन्छन् । किन ? किनभने प्रहरीको मात्रै जागिरले उनीहरूको परिवार चल्दैन, त्यसैले यहाँ कुनै पेशा गरेका छन् । त्यसैले कुकरको सिटीको समय र फ्लसको समय तोक्ने काम बन्द गराउनुस् ।
काठमाडौंका सडकमा गुड्ने ट्याक्सी र मोटरसाइकलका चालकहरूलाई चेकिङको नाममा दिइने दुःख दिन बन्द गर्नुस् । यदि बन्द नगर्ने हो भने कम्तीमा ‘करोड हाराहारीमा’ वा करोडभन्दा माथिका गाडीहरूलाई पनि रोकेर कागजात हेर्नुपर्ने नियमको थालनी गर्नुुस् ।
‘करोडभन्दा माथिका गाडी रोक्नै डराउने, कमजोर नागरिकका सवारी साधनलाई चोकैपिच्छे समाउने’ प्रवृत्तिको अन्त्य गर्नुस् । प्रहरीका हाकिमका गाडीहरूले रेडलाइट पालना नगर्ने, मन्त्री र उच्चपदस्थहरूले रेडलाइटको पालना नगर्ने प्रवृत्तिको अन्त्य गराउनुस् ।
किनभने रेडलाइट पालना गर्नै नपर्ने भनेको शव बाहन, एम्बुलेन्स, दमकल, इमर्जेन्सी बालेका बिरामी बोक्ने गाडीहरू, कुनै फिल्डस्तरमा खटिएको नेपाल प्रहरीको गाडीले मात्रै हो — त्यो पनि इमरजेन्सी परेको अवस्थामा ।
सारा नागरिकलाई रेडलाइट बालेर रोक्ने, अनि मन्त्री, सचिव, उच्चपदस्थ र प्रहरीका हाकिमका गाडीहरूले रेडलाइट पालना नगर्ने कुसंस्कारको अन्त्य गराउनुस् । गृहमन्त्रालय वा अन्य स्थानमा काम नपरी नजानुस् । बरु यो २ महिना प्रहरीकै समस्या खोज्नमा लगाउँछु भनेर आवश्यक पर्दा मात्रै अन्य निकायमा जाने प्रतिबद्धता व्यक्त गर्नुस् ।
प्रहरीका समस्या खोज्नुस्, समाधानका उपाय खोज्नेतिर लाग्नुस् खापुङ साब यो दुई महिनामा । हिजोसम्म ‘दीपक थापा हाइ हाइ’ भन्नेले आज हेर्नुस् त, दीपक थापालाई छाडिसके । भोलि तपाईंलाई पनि छाड्नेछन्, तर तपाइँले सुरु गरेका राम्रा संस्कारलाई कसैले बिर्सिने छैनन् ।
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
शसांक रेग्मी बाढीपहिरो पीडितको उद्धार र राहतका लागि नेपाल प्रहरीले आफ्ना कर्मचारीको तलबबाट करिब ४० करोड रुपैयाँ काटेर गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग...
माधव पौडेल काठमाडौं । बाढी आएको आज ७ दिन भइसक्दा पनि बिदुरबाट माथि जान नसकेको सरकारका प्रधानमन्त्री दिनैपिच्छे फेसबुकमा स्टाटस पोष्ट गर्ने र मोनिटाइज्ड पेजबाट...
निशान्त शर्मा वर्तमान सरकारको सबैभन्दा राम्रो काम गर्ने मन्त्री हुनुहुन्छ तपाईं । बधाइ शुभकामना । बाहिर तपाईंहरुले गरेका कामले वाहीवाही पाएर भाइरल हुनुभएको छ तर...
सम्राट उपाध्याय सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहलाई यी काम नलाग्ने सल्लाह चाहिएको छैन, उनी सल्लाह सुन्ने र लिने खालका पनि होइनन् । तर पद सम्हालेको शुरुको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend