Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप


    बिहिबार, माघ २२ २०७७
    805
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैँ । पुष्पकमल दाहाल–माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आम हड्ताल गर्ने क्रममा जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।

    जनकपुरको शिवचोकमा प्रहरी र आन्दोलनकारीबीच भएको झडपमा परी प्रचण्ड–माधव समूहका केन्द्रीय सदस्य रामचन्द्र झा घाइते हुनुभएको छ ।

    नेता झाको टाउकोमा चोट लागेको छ भने झडपमा परी प्रहरी जबान लालबाबु राय पनि घाइते हुनुभएको छ । झडपका क्रममा प्रहरीले दर्जन राउण्ड हवाईफायर गरेको छ ।

    जनकपुरधामका पसल बजार बन्द गराउँदै हिँडेका प्रदर्शनकारी जानकीचोकबाट जनकचोक हुँदै शिवचोक पुगेपछि विपरीत दिशाबाट आइरहेको एक सानो भ्यानमा तोडफोड गर्न थालेपछि प्रहरीले हवाईफायर खोलेपछि झडप भएको हो ।

    प्रदर्शनकारीले गाडीमा तोडफोड गर्न लाग्दा त्यहाँ पुगेका नेकपा नेता मातृकाप्रसाद यादवले प्रहरी र प्रदर्शनकारीलाई सम्झाउँदै गर्दा जनकचोकबाट प्रहरीले हवाईफायर गर्न आदेश दिएपछि प्रदर्शनकारी आक्रोशित बनेपछि तनाव उत्पन्न भएको हो ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार