Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • पसल तथा गाडी तोडफोड गरेको आरोपमा विराटनगरबाट सातजना पक्राउ


    बिहिबार, माघ २२ २०७७
    920
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • विराटनगर । विराटनगर महानगरपालिका अगाडिको चिया पसलमा तोडफोड गरेको अभियोगमा प्रहरीले सात जना प्रचण्ड-माधव नेपाल समूहका कार्यकर्तालाई पक्राउ गरेको छ। 

    आमहड्ताल उल्लंघन आरोपमा पसल तोडफोड गरेपछि तोडफोडमा संलग्न सात जना पक्राउ गरिएकाे प्रहरीले जनाएको छ।उनीहरूले महानगरपालिका गेटबाहिर रहेका दुई वटा सवारी साधनसमेत तोडफोड गरेका छन् ।

    बन्द उल्लंघन गरेको भन्दै उनीहरूले चिया पसलमा गएर तेल पोखिदिएका थिए। बनाइएको खाजा पनि उनीहरूले पोखिदिएको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार