Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • ललिता निवास प्रकरणः भाटभटेनीका मालिक मीनबहादुर अदालतमा हाजिर


    बुधबार, माघ २१ २०७७
    900
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  •  काठमाडौं । ललिता निवास जग्गा हिनामिनामा संलग्न मुख्य प्रतिवादीमध्येका भाटभटेनीका संचालक मीनबहादुर गुरुङ आज विशेष अदालतमा उपस्थित भएका छन् । विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की र न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले गुरुङको बयान लिई थुनछेक आदेश दिनेछ ।

    थुनछेक बहसमा विेशेष सरकारी वकिल कार्यालयका प्रमुख शंकर खत्री लगायतले बहस गरेका थिए । ललिता निवास जग्गा हिनामिनामा अख्तियारका पूर्व प्रमुख आयुक्त दीपब बस्नेतलाई जत्तिकै संजाय र बिगो कायम हुनुपर्ने माग सरकारी वकिलहरुले राखेका छन् । बस्नेतलाई विशेष अदालतले २०७७ मंंसिर २८ गते ललिता निवास जग्गा हिनामिनामा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि उनी हिरासतमा छन् । गुरुङलाई पनि पुर्पक्षमा राख्नुपर्ने माग सरकारी वकिलहरुले बहसका क्रममा जोडदार ढंगले राखेका छन् ।

     अख्तियारले २०७६ माघ २२ गते ललिता  निवास जग्गा हिनामिनामा संलग्न गुरुङ सहित १७५ जना बिरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । अख्तियारले दायर गरेको मुद्दामा गुरुङसँग ५० करोड ४७ लाख बराबरको जरिवना र त्यतिकै विगो असुलउपर गर्न माग गरिएको छ । भाटभटेनीका संचालक गुरुङ, डा. शोभाकान्त ढकाल र कानुन ब्यवसायी रामकुमार सुवेदी ललिता निवास जग्गा हिनामिनाका मुख्य योजनाकार हुन् । ललिता निवास क्याम्पभित्र गुरुङले भाटभटेनीको गोदाम नै राखेका छन् ।    

     ललिता निवासको जग्गा दर्तामा मालपोत कार्यालय डिल्लीबजारमा हुँदा सबै कीर्ते कागजात बनाउने तत्कालीन अधिकृत हुपेन्द्रमणि केसीलाई भने विशेष अदालतले गएको पुस ७ गते ५ लाख रुपैयाँ धरौटीमा छाडेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार