Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एसपी दीपकराज खरेललाई सुटुक्क अवकाश 


    बुधबार, माघ २१ २०७७
    875
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । गृहमन्त्रालयले एसपी दीपकराज खरेललाई अवकाश दिएको छ । १६ डीएसपीको एसपी बढुवा सिफारिस भएकै दिन खरेललाई अवकाश पूर्जी थमाइएको छ । गृहमन्त्रालयले सचिवस्तरीय निर्णयका आधारमा खरेललाई अवकाश दिइएको छ । एसपीका १५ पद रिक्त भएकोमा खरेललाई अवकाश दिएपछि रिक्त एक समेत गरी १६ पदमा एसपी बढुवाको सिफारिस गरिएको थियो । २०७७ माघ १२ मा एसपी बढुवा सिफारिस भएको थियो । खरेललाई सोही दिन अवकाश दिइएको थियो ।

     
    खरेलमाथि सेवानिवृत्त भएको ६ वर्षसम्म जागिर खाएको आरोप लागेपछि २ बर्षअघि २०७५ पुस ९ मा उनलाई अवकाशपत्र थमाइएको थियो । प्रहरी प्रधान कार्यालयले अवकाश दिएपछि पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालत पुगेका थिए । न्यायाधीश डम्बरबहादुर शाहीको इजलाशले उनलाई २०७५ पुसमै अवकाश नदिन अन्तरिम आदेश दिएको थियो ।  उनी सर्वोच्च अदालतको अन्तरिम आदेशकै आधारमा २ बर्षदेखि सेवारत थिए ।

    प्रहरी किताबखानाको विवरणअनुसार एसपी खरेलले २०६९ चैत १२ गते ३० वर्षे सेवा पूरा गरेका थिए । २०३९ चैत १३ गते खरेल तत्कालीन मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र हेटौंडाबाट प्रहरी जवान पदमा भर्ना भएका थिए । तर उनले नेपाल प्रहरीमा ३६ बर्ष सेवा गर्ने मौका पाएका छन् । उनी ३० बर्ष सेवावधि पार गरेपछि एसपीको फुली लगाई १ नम्बर गण, पाल्पा र दंगा गणसमेत ३ ठाउँको इन्चार्ज भए । उनी हाल खरेल महानगरीय दंगा नियन्त्रण गण त्रिपुरेश्वरका गणपति थिए । उनले ६ बर्ष बढी जागिर खाएको अवधिको १५ लाख रुपैयाँ फिर्ता गराउने निर्णय गृहमन्त्रालयले गरेको थियो । तर पूर्वआइजीपी अच्यूतकृष्ण खरेललाई महान्यायाधीवक्ता अग्निप्रसाद खरेललाई भनसुन गरी उक्त रकम समेत नतिराउने गरी उनलाई अवकाश दिइएको छ ।  

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार