Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेप्से ३७.७० ले वृद्धि


    सोमबार, माघ १९ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडाैँ । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक ३७.७० अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक दुई हजार ४०८.२४ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ४.९५ अङ्कले बढेर ४३७.२८ मा पुगेको छ । 

    स्टकका अनुसार २०३ कम्पनीका एक करोड ३३ लाख ११ हजार ९४२ कित्ता शेयर रु छ अर्ब ९७ करोड २९ लाख ३६ हजार ५२९ मा खरिद बिक्री भए। आजको कारोबारपछि कूल बजार पूँजीकरण रु ३२ खर्ब ४३ अर्ब ७८ करोड ७५ लाख ४० हजार बराबर पुगेको छ । कारोबार भएका कूल १२ मध्ये दुई उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ २०.०४, व्यापार ४९.४९, होटल १७५.०६, विकास बैंक ५३.३२, जलविद्युत् ३३.६, वित्त ३९.५५, निर्जीवन बीमा १२४.६६, उत्पादन १२०.३७, अन्य ५४.०८ र जीवन बीमा ३७९.११ अङ्कले बढ्दा लघुवित्त २७.८१ अङ्कले घटेको छ । सामूहिक लगानी कोषको एकाइ भने तटस्थ देखिएको छ । 

     कारोबार रकमका आधारमा पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु ५८ करोड ३३ लाख ७७ हजार ९२३ मा खरिद बिक्री भयो । यस्तै नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रु २९ करोड ९९ लाख आठ हजार २९७, नेपाल लाइफ इन्स्योरेन्स रु २७ करोड ३८ लाख ५५ हजार ४०१, सेन्चुरी कमर्सियल बैंक रु २६ करोड ९८ लाख ८७ हजार ४०, शिखर इन्स्योरेन्स रु २० करोड ६४ लाख पाँच हजार ७७९ र एनआइसी एसिया बैंकको शेयर रु १७ करोड ७५ लाख ५९ हजार ८० मा खरिद बिक्री भयो । 

    आज सेन्चुरी कमर्सियल बैंक र प्रोगेसिभ फाइनान्स लिमिटेडका लगानीकर्ताले सर्वाधिक १०÷१० प्रतिशतले कमाए । यस्तै पोखरा फाइनान्स ९.९६, प्रभु लाइफ इन्स्योरेन्स ९.९५, माउन्टेन इनर्जी नेपाल ९.९१, सोल्टी होटल लिमिटेड ९.९० र तारागाउँ रिजेन्सी होटल लिमिटेडका शेयरधनीले ९.८५ प्रतिशतले कमाए । 

    कालिका माइक्रोक्रेडिट डेभलपमेन्टका शेयरधनीले ७.२७ प्रतिशतले गुमाए । यस्तै गुराँस लघुवित्त वित्तीय संस्था ५.६०, सारथी नेपाल लघुवित्त वित्तीय संस्था ४.४५, सामुदायिक लघुवित्त वित्तीय संस्था ३.८६, मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक ३.४८ र स्वरोजगार लघुवित्त विकास बैंकका लगानीकर्ताले ३.४० प्रतिशतले गुमाए ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार