काठमाडौँ, १२ वैशाख ।ललितपुरको इमाडाेलस्थित कटुवाल स्टोर्सलाई तोकिएको मूल्यभन्दा बढी मुल्यमा उपभोक्तालाई नुन बिक्री गरेको पाइएपछि बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई लाख रूपैयाँ जरिवाना गरेको छ ।
विभागको टोलीले गरेको अनुगमनका क्रममा व्यापारीले उपभोक्तासँग नुनमा तोकिएको भन्दा बढी मूल्य लिएको पाइएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना गरेको हो ।
त्यसैगरी विभागले मूल्यसूची नराखी जथाभावी बिक्री गरेको भन्दै ज्ञानेश्वरस्थित राजेन्द्र मिट सप, इमाडोलस्थित मुकेश जुस तथा फलफूल पसल र बाबुलाल फलफूल तथा तरकारी पसल प्रत्येकलाई ५०-५० हजार रूपैयाँ जरिवाना गरेको छ।