कमलमणि गौतम, हरि बर्तौला र हरिबंश कडरिया
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा लाग्नेहरुलाई एमालेले एकपछि अर्को कारबाही गर्ने शृंखला रोकिएको छैन ।
भण्डारीको पक्षमा अभिब्यक्ति दिनेमात्र होइन, सामाजिक संजालमा लेख्नेहरुलाई समेत एमालेको संस्थापन पक्षले स्पष्टीकरण सोध्ने, निलम्बन गर्ने र निस्कासन गर्ने अभियान सुरु गरेको छ ।
युवासंघ लुम्बिनी प्रदेश अध्यक्ष सुजन खरेल युवासंघकी केन्द्रीय सदस्य युवन्तिका राईलाई भण्डारीको पक्षमा अभिब्यक्ति दिएबापत निलम्बन गरेको एमालेले शु क्रबार मात्रै पार्टीनिकट खेलकुद महासंघका तीन जना नेतालाई स्पष्टीकरण सोधेको छ ।
महासंघका केन्द्रीय सदस्यत्रय कमलमणि गौतम, हरि बर्तौला र हरिबंश कडरियालाई स्पष्टीकरण सोधिएको छ । एमालेनिकट खेलकुद महासंघका अध्यक्ष परशुराम बस्नेत र धर्म लामाले पार्टी नेतृत्वलाई खुसी पार्नका लागि पूर्वराष्ट्रपति भण्डारीको पक्षमा अभिब्यक्ति दिने उनीहरुलाई स्पष्टीकरण सोधिएको हो ।
संखुवासभाका गौतम महेन्द्ररत्न क्याम्पस ताहचलका इकाई सभापति, अनेरास्ववियु बागमती अन्चलका सचिव, अनेरास्वबियु केन्द्रीय सदस्य हुँदै पुरुषोत्तम पौडेल खेलकुद महासंघको अध्यक्ष हुँदा सचिव थिए । पौडेल नेतृत्वको खेलकुद महासंघ गाभिएपछि उनी महासंघको केन्द्रीय सदस्य र कोशी प्रदेश इन्चार्जसमेत छन् । बर्तौला सर्लाही–काठमाडौं सम्पर्क मञ्चको २ कार्यकाल सचिव भएका थिए । प्रष्ट बोल्ने स्वभावका बर्तौलालाई मञ्चको कोषाध्यक्ष हुनसमेत बन्चित गरियो ।
युवासंघको स्थायी कमिटी सदस्य भएका बर्तौलाले एमालेमा धेरै रगत पसिना बगाएका छन् । तर विवादास्पद विगत भएका खेलकुद महासंघका अध्यक्ष परशुराम बस्नेतले गौतम, बर्तौला र कडरियालाई स्पष्टीकरण सोधेर नेतृत्वको चाकडी गरेका छन् । आफैं विगतमा गुण्डागर्दीमा जेल परेका परशुरामले महासंघका तीन केन्द्रीय सदस्यलाई सामाजिक सञ्जालमा पार्टीबारे अराजक र अनुशासनहीन अभिव्यक्ति दिएको आरोप लगाएर स्पष्टीकरण सोधेका छन् ।
बस्नेत र लामाले निषेधको शृंखला अहिलेमात्र होइन, विगतमा पनि गर्दैआएका थिए । उनीहरुले यसअघि नेपाल बेसबल संघका अध्यक्ष दीपक न्यौपानेलाई खेलकुद महासंघको उपमहासचिवमा निर्बिरोध हुने भएपछि उक्त पद नै खारेज गरेका थिए ।
महासंघले स्पष्टीकरण सोधेका गौतमले त पूर्वराष्ट्रपति भण्डारीसँग आइतबार नै भेटेर तस्वीरसमेत सामाजिक संजालमा सेयर गर्दै लेखेका छन्– सत्यसग नचुक्नुु ! झारपातसग नझुक्नु !! भन्ने निर्देशन प्राप्त भयो कमरेडबाट !!
यस्तो छ स्पष्टीकरण
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
काठमाडौँ । सुनसरीमा धार्मिक सद्भाव भड्किएको घटनाबारे छलफल गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । सोमबार बिहान मन्त्रालयका सचिव, आईजीपी र सशस्त्र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend